'वालवालिकाको उज्ज्वल भविष्यका लागि फेमली डाक्टर जस्तो फेमली ज्योतिष राख्नु जरुरी छ' [भिडियो अन्तरवार्ता]
वालवालिकाको भविष्यमा ग्रहहरुले पार्ने प्राभावको मुल्यांकन गरी सोहि अनुसार वच्चाहरुलाई तयार राख्न ज्योतिषको ठुलो भुमिका हुने उनले वताए । ‘सहि ज्योतिष भेट्न सकियो भने फेमली डाक्टर जस्तो फेमली ज्योतिष राख्नु जरुरी छ’ उनी भन्छन्–‘पढिराखेका वच्चाहरुको च्यालेन्ज कहाँवाट आउँछ भन्ने विश्लेषण गरेर उसलाई गाईड गर्न सकियो।’
अभिभावकले आफनो क्वालिटी टाईम चाहि वालवालिकासँग विताउनु पर्ने सुझाव दिएका आचार्यले ग्रहहरुको वारेमा जानकारी लिएर उसको वर्तनमान, भविष्य र उ सक्षम हुन सक्ने क्षेत्रका वारेमा वताउनु पर्ने र गाईड गर्नुपर्ने वताए । ‘ग्रहसम्वन्धि चार्ट हेर्न सक्यो भनेत वच्चाहरुलाई आउने समस्या के–के हुन्छन थाहा पाउन सकियो र त्यही अनुसारको ब्यवहार गर्न पनि सकियो’ उनले भने–‘यदि शारीरिक समस्या छ भने त्यहि उपचार गर्नु पर्यो मानसिक छ भने त्यसै अनुसार गर्नुपर्यो ।’
जिवन जगत/परमात्माको श्रृष्टिलाई कसरी मिक्स भएर वाँच्ने, मानव जिवनले चै के के कुरा लिएर आएको छ, उसको प्रारब्ध कर्महरु कस्तो छ ? र अव जाने वाटो कहाँ हो ? भन्ने सिकाउने विज्ञान नै ज्योतिष विज्ञान भएको वताएका आचार्यले आफनै उदाहरण दिएर मान्छे आफुले चाहेर मात्र कुनै कुरा सम्भव नहुने वताए । ‘हुने कुरा अवश्य हुन्छ’ उनले भने–‘तर, ज्योतिष विज्ञानको अध्ययनले आउने वाधा ब्यवधानलाई कसरी सामना गर्ने भन्ने तयारी गर्न मद्दत गर्छ ।’
‘मलाई सानैदेखि आईएनजीओहरुमा काम गर्ने इच्छा हो। त्यस कारण मैले साईन्स लिएँ, अप्सनल तिर गईन। इकोनोमिक्सतिर गएँ। सजिलै आईएनजीको जागिर पनि पाए। सानै उमेरमा कन्सल्टेन्ट पनि भएँ। त्यो गर्दै गएपछि पढाई पनि थपिदै गयो। इकोनोमिक्स, सोसोलोजी, हुँदा हुँदा अल्टरनेटिभ डेभलपमेण्ट म्यानेजमेण्ट । धेरै वटा कुरा पढिसकेपछि मैले के कुरा थाहा पाएँ भने। मसँग दुई÷चार रुपैयाँ पैसा चै भयो तर सन्तुष्टि चै रैनछ। अनि म यत्तिकै के वस्नु भनेर म्यानेजमेन्ट पढ्छु भनेर सरस्वती कलेज जाँदैथिए। लईनचौर पुगेपछि एक जना साथीले फोन गरेर ‘तेरो इच्छा त एस्ट्रोलोजी थियो तँ कहाँ गईराख्या’ भन्नुभो’ उनले भने–‘मैले यसैमा एड्मिसन गरे, यो विषय मलाई हरेक दिन नौलो लाग्यो। अर्कालाई सहयोग गर्न, वोल्न र सल्लाह दिदाँ चै म खुसी हुँदो रछु। अनि मैले यसमा पनि मास्र्टस गरे। त्यसपछि क्लाईन्टहरु वढ्न थालेपछि यसैलाई प्रोफेसन वनाए।’
धेरै वटा विषय अध्ययन गरेर पनि आफु अन्त्यमा ज्योतिष विधामा लागेको उदाहरण दिएका उनले भने–‘आज म केमा खुसी छु भने यो उमेरमा आएर पनि मैले आफनो प्रोफेसन चेन्ज गर्न सके। हिम्मत गरे। म खुसी छु यसमा ।’ धेरै उमेर विताएर पनि आफुलाई इच्छा पर्ने क्षेत्र चुन्न सकेकोमा उनले खुसी ब्यक्त गरे । यो सवैकुरा ग्रहकै कारणले भएको भन्दै उनले पुष्टि गर्न खोजे।
तर, ग्रह/ज्योतिषको भरमा परेर वस्न चै नहुने वताएका उनले हरेक मानिसले आफु खुसी हुने क्षेत्रको छनौटका लागि प्रयास चै जारी राख्नु पर्ने सुझाव दिए । ‘प्रारब्धमा यहि लेखेको छ भनेर वस्ने होईन। तपाईलाई थाहा त हुनुपर्यो प्रारब्धमा के लेख्या छ ? हामीलाई आफनो क्षमताको वारेमा त केहि पनि थाहा छैन’ उनले भने–‘हामी कति जन्मदेखि यो साईकलमा आईरहेका छौं । त्यसैले आफनो खुसी खोज्नुपर्छ ।’
हाम्रो विद्यालय शिक्षाले वालवालिकालाई संघर्ष गर्न चै नसिकाएको उनले वताए । ‘हाम्रो शिक्षा प्रणालीले स्ट्रगल गर्न सिकाएन। हामीले रोलेक्स घडिको मुल्य कति पर्छ चै सिकायौं, तर क्वालिटी टायम भनेको के हो भनेर चै सिकाएनौं’ उनले भने–‘वुद्धलाई लाईट अफ एसिया भनेर हामी घमण्ड गर्छौ र क्यास गर्न खोज्छौ। तर, उनका शिक्षालाई चै आत्मसाथ गरेनौं । आफु कसरी सन्तुष्टि लिने, मनलाई छटपटीनवाट कसरी जोगाउने, यो हामीले कुनै पनि लेभलको पुस्तामा पढाएनौं । त्यो पुस्तालाई सिकाउनु जरुरी छ । प्रयास गर्नु जरुरी छ। के थाहा परमात्माले कुरेर वसिरनु भाको छ की– तँ उठिस भने म तलाई डोर्याउँछु भनेर।’
‘ज्योतिष विज्ञानले वालवालिकालाई कसरी गाईड गर्छ त ?’ भन्ने जिज्ञासामा उनले उदाहरणसहित भने–‘यस पटक जो हाईयर लेभनमा पढिरहेका छन । मिथुन र कर्कट राशिका लागि उनिहरुको पफरमेन्स राम्रो हुनेवाला छैन। कुनै म्याजिकल यौगिक प्लानेटले सहयोग गरेको छैन भने।’ उनले भने–‘यो कुरा उनीहरुलाई कमसेक पहिलै थाहा भईदियो भने उनीहरु पहिलै तयार हुन्छन–अव मैले डवल मेहनत गर्नुपर्छ ।’
ज्योतिषलाई भाग्यवादी चाहीँ वनाउन नहुने उनले वताए । ‘यसलाई भाग्यवादी वनाउने होईन, भाग्यवादी वनाउने धेरै प्रयास गरियो। विशेष गरी हाम्रो कल्चरको वेश भाँच्न निकै प्रयास गरिरहेका छन्। किन भने उनीहरुका लागि धर्म एउटा विजनेशको एप्रोच हो। मार्केट हो’ उनले थपे–‘त्यसैले अव वालवच्चाहरुलाई साईन्सको रुपमा यसलाई वुझाउँदै जानुपर्छ ।’
‘ग्रहको चार्ट हेरेर नयाँ पुस्ता÷वालवालिकालाई केहि सिकाउन सकिन्छ ?’ भन्ने प्रश्नमा आचार्यले अभिभावकले वालवालिकाको राहु र केतुलाई ध्यान दिनुपर्ने सुझाव दिए । ‘वच्चाको चार्ट हेरेर हामीले कहाँ सहयोग गर्न सकिन्छ भने उनीहरुको इच्छा चै राहुतिर भईरहेको हुन्छ। तर, अभिभावकले उनीहरुलाई केतुतिर ढल्काउन प्रयास गर्नुपर्छ । केतुमा मानिसले खुसी प्राप्त गर्छ । यसो गर्दा चै अव आउने वच्चाहरुले मेरो इच्चा शक्ति र भविष्य चै यहाँ रहेछ भनेर पत्ता लगाउने प्रयास गर्छन’ उनले भने–‘डान्समा क्षमतावान वच्चालाई गायनमा छिराएर त भएनी।’
वालवालिकालाई सुधार्ने नाममा अभिभावकले आफनो फ्रेम भित्र वच्चालाई सकृय वनाउँदा उनीहरुले प्रगति गर्न नसकेको उनको वुझाई छ। ‘हामीले हाम्रो वच्चालाई के सोच्ने भनेर सिकाई रहेका छौं। कसरी सोच्ने भनेर सिकाएका छैनौं।’ उनले भने–‘अक्षर राम्रो वनाउने नाममा यस्तो लेख र उस्तो लेख भनेर मानसिक रुपमा टर्चर गरिरहेका हुन्छौं। तर, उसले आफुले जस्तो लिएर आएको हुन्छ, त्यस्तो मात्रै गर्ने हो।’
अक्षर सफा भएन भने सफा लेख्न मात्रै सिकाउने तर वाङ्गो, चेप्टो, गोलो लेख्यो भनेर कराउन÷गालि गर्न नहुने उनको भनाई छ । समुह÷भिडभाडमा वोल्न र प्रदर्शन गर्न नसक्ने विद्यार्थीलाई उसको स्वभाव विपरितको कृयाकलाप गराउन नहुने वताएका आचार्य भन्छन्–‘विद्यार्थीले कक्षमा वुझ्यो की वुझेन भनेर शिक्षकले ध्यान दिने हो। विद्यार्थीलाई उसको नेचर विपरित अगाडि ल्याएर उभ्याउनु भएन।’
‘यति सिक्नै पर्छ, यसो गर्नै पर्छ, यसरी गर, यति वेला गर, यस्तो गर । नत्र तँ अरु भन्दा पछाडि पर्छस भन्दै हामी वच्चालाई आफनो फे्रम भित्र कुदाउन खोज्छौ’ उनले भने–‘तर, उसको इच्छा अनुसार गर्न दिनुपर्छ ।’
नेपाल आजको नियमित स्टम्भ ‘रिबुट’ का लागि प्रस्तोता कुमार थापाले ज्योतिष विश्लेषक तथा अनुशन्धान विज्ञ भानुराज आचार्यसँग गरेको रोचक कुराकानी विस्तृतमा हेर्न तलको लिंकमा क्लिक गर्नुहोस।