News स्वास्थ्य

खोप लगाएर कोरोना संक्रमण निर्मुल पार्न सजिलो छैनः प्रम ओली

खोप लगाएर कोरोना संक्रमण निर्मुल पार्न सजिलो छैनः प्रम ओली

कोरोना विरुद्धको खोपले नयाँ प्रकृतिको कोरोनालाई काम गर्ने/नगर्ने सुनिश्चितता नभएकाले संक्रमणलाई भयावह हुन नदिन विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

बुधबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाको अर्को जेनेरेशन चाहीँ अझ बढी खतरनाक ढंगले अर्कै प्रकृतिमा पैदा भएको वताए । ‘हिजोको कोभिड–१९ लाई हेरेर तयार गरेको खोपले नयाँ भाइरसलाई काम गर्छ कि गर्दैन त्यो पनि थाहा छैन’ उनले भने–‘त्यसैले  पूर्णरूपमा नियन्त्रण नहुञ्जेलसम्म सामाजिक दुरी कायम राख्नु जरुरी छ।’

कोरोना संक्रमण नकारात्मकता तिर गएको भन्दै उनले तर, अहिले नै भयावहको स्थिति भने नभएको प्रष्ट पारे। 

खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको वताउँदै उनले भने–‘३ दिनदेखि लक्षणहरू फेरी नकारात्मकतातिर जान खोज्या होकी, यद्यपी स्थिति भयावह छैन तर भयावह हुन नपाओस् भनेर हुनभन्दा अगाडी नै हामीले ध्यान दिनुपर्दछ।’

एकपटक कडाइका साथ नियन्त्रण गरेर निर्मुल गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । पूर्णरूपमा नियन्त्रण नगरेसम्म खतरा भइरहने र पूर्णरूपमा नियन्त्रण गर्न सामाजिक दूरी, संक्रमण हुने स्थितिबाट बच्ने, बचाउने काम गर्नु नै उत्तम हुने उनले वताए । 

कोरोना नयाँ प्रकृति भयावह

विशेष