News अपराध सुरक्षा

तलव नदिने चीनियाँ ठेकेदारले नेपाली मजदुर कुटे

तलव नदिने चीनियाँ ठेकेदारले नेपाली मजदुर कुटे

तलव नपाएको विषयमा गुनासो गर्ने नेपाली मजदुर चीनियाँ ठेकेदारवाट कुटिएका छन् । बुटवल–नारायणगढ सडक निर्माणको जिम्मा पाएको चिनियाँ ठेकेदारबाट नेपाली मजदुर कुटिएका हुन्।

नवलपरासीको रजहरस्थित चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनको साइड अफिसमा वोलाएर ठेकेदारले मुजदुरलाई कुटपिट गरेको पाईएको छ । कुटपिटका कारण ६ जना घाइते भएका छन् । उनीहरुको उपचार भईरहेको छ ।

मजदुरहरु तलब नपाएको विषयमा गुनासो गर्न अफिसमा गएका थिए । ठेकेदारले एक्कासी कुटपिट गरेको मजदुरहरुले गुनासो गरेका छन् ।

ठेकेदारले डिजल चोरीको आरोप लगाउँदै १३ जना मजदुरको तलव रोकेर राखेपछि यस्तो समस्या आएको जनाईएको छ । यसै विषयमा छलफल गर्न उनीहरु अफिसमा पसेका थिए । 

जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले पनि चिनिया ठेकेदार पक्ष र मजदुरबीच हात हालाहाल भएको जनाएको छ । चोरीको आरोपका विषयमा अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

तलव मजदुर चीनियाँ ठेकेदार

विशेष