भारतमा कोरोनाको दोस्रो लहरः अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध थप
भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणको दोस्रो लहर देखिएपछि त्यहाँ सुरक्षाका उपायहरुको प्रयोगमा कडाई गरिएको छ । दिल्लीका विमानस्थल, बस स्टप र रेल स्टेसनहरूमा यात्रुलाई कोरोनाभाइरसको परीक्षण गर्न सुरु गरिएको छ ।
कोरोना संक्रमणको दोस्रो लहरसँगै संक्रमितको संख्या वढेपछि एक साता अघि मात्रै मुम्बईमा पनि मानिसको चहल पहल धेरै हुने स्थलहरुमा अनिवार्य परीक्षण गर्न निर्देशन दिइएको थियो।
यो वर्षको सुरुका केही दिन भारतमा संक्रमणको दर घटेको थियो । दैनिक सङ्क्रमण १० हजारभन्दा तल झरेको अवस्थामा अहिले ह्वात्तै बढेको छ। आइतवारदेखि दैनिक ४० हजार भन्दा बढी संक्रमितहरु भेटिएका छन् ।
सिनेमा हल, मेट्रो रेल र धार्मिक स्थानबाट सङ्क्रमण धेरै फैलिन सक्ने बताउँदै त्यहाँ मानिसहरूलाई मास्क र दूरीसहित सुरक्षाका अन्य मापदण्डमा पनि कडाई गरिएको छ ।
अन्तर्राष्ट्रिय व्यावसायिक उडानमा एप्रिल ३० सम्म प्रतिबन्ध थप थरिएको छ ।
बीबीसीको सहयोगमा
भारत कोरोना दोस्रो लहर