News राजनीति

प्रचण्डको नजरमा केपी ओली वाह्य शक्तिका दलाल !

प्रचण्डको नजरमा केपी ओली वाह्य शक्तिका दलाल !

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरी दलालको संज्ञा दिएका छन्। वाह्य शक्तिले दलालको रुपमा प्रयोग गरेर पार्टी फुटाएको उनको आरोप छ ।

‘हामीले कम्युनिस्ट एकता चाहेका थियौँ। तर, दक्षिणपन्थी शक्तिले पार्टीको अर्को अध्यक्षलाई नै दलालको रूपमा प्रयोग गरिएको रहेछ’– उनले भने। कम्युनिस्ट पार्टीलाई एकताबद्ध हुनबाट रोक्नका लागि ठूलो षड्यन्त्र भएको उनले बताए। 

नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको राष्ट्रिय भेला तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्वका लागि शान्ति सम्झौता र संविधानसभाको घोषणा गर्दै बाम गठबन्धनको चुनाव र कम्युनिस्ट पार्टीको एकतासम्म गरेको उनले स्मरण गरे। तर, त्यसलाई सफल हुन नदिइको उनको भनाई छ। 

‘प्रतिनिधिसभा विघटनको विरुद्धमा सडकमा जनता आएपछि सर्वोच्चले पुनःस्थापना गरिदियो। त्यहीबेला त हामीले एउटा व्याटल त जितेका थियौँ’ उनले भने–‘जनताको कुरा अदालतले सुन्यो। फेरि अदालतको अर्को निर्णयपछि अस्वाभाविक आएको छ। हामीलाई त्यसले गम्भिर भएर सोच्न बाध्य बनाएको छ।’ 
 

दलाल

विशेष