News राजनीति प्रदेश १

प्रदेश १ मा कारवाहीको चेतावनीपछि अविश्वासको प्रश्ताव फिर्ता लिन माधव पक्ष तयार

प्रदेश १ मा कारवाहीको चेतावनीपछि अविश्वासको प्रश्ताव फिर्ता लिन माधव पक्ष तयार

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रश्ताव माधव नेपाल पक्षले फिर्ता लिने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि माधव–प्रचण्ड पक्ष मिलेर ओली निकटका मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तर माओवादी केन्द्र अलग्गिएपछि माधव नेपाल पक्ष आफ्नो पार्टीको सरकार जोगाउन अविश्वास प्रस्ताव फिर्ता लिन सहमत भएको हो ।

मुख्यमन्त्री तथा प्रदेश १ संसदीय दलका नेता राईले प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन निर्देशन दिएका थिए। संसदीय दलको बैठक बोलाएर एक हप्ता भित्रमा अविश्वास प्रस्ताव फिर्ता लिनु पर्ने उनको निर्देशन थियो।

सर्वोच्चको फैसलाले माओवादी केन्द्र र एमाले ब्युताएपछि दलको नेताले हैसियतले मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव फिर्ता लिन भनेका हुन् । प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएपछि माधव पक्ष प्रस्ताव फिर्ता लिन तयार भएको हो ।

माओवादी केन्द्रका नेता मौसम आङ्बोले भने सहमतिमै अविश्वास प्रस्ताव फिर्ता लिने सल्लाह भएको वताएका छन् । माओवादी केन्द्र र एमाले ब्युलिएपछि अविश्वास प्रस्ताव फिर्ता लिने विषयमा सल्लाह भएको र सहमतिमा प्रकृया सुरु भएको उनको भनाई छ । 

मुख्यमन्त्री शेरधन राई अविश्वासको प्रश्ताव माधव नेपाल पक्ष

विशेष