News

आमिर खानलाई कारोना संक्रमण पुष्टि, लाल सिंह चढ्डाको सुटिङ्गमा धक्का

आमिर खानलाई कारोना संक्रमण पुष्टि, लाल सिंह चढ्डाको सुटिङ्गमा धक्का

भारतीय अभिनेता अमिर खानलाई कारोना संक्रमण पुष्टि भएको छ । विगत केही दिन यता भारतको बिभिन्न भागहरुमा पुनः कोरोना संक्रिमतको संख्यामा बृद्धि भईरहेका वेला उनलाई पनि संक्रमण पुष्टि भएको हो ।

आमिर खानका प्रवक्ताले यस बारे जानकारी दिँदै आधिकारिक विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा भनिएको छ, आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन्।

आमिर खानले पछिल्लो समय आफ्नो आगामी चलचित्र लाल सिंह चढ्डाको लागि शूटिंग गरिरहेका थिए। यसै क्रममा कोरोना भएको जानकारी पछि  उनले आफ्नो टीमलाई केही दिन आराम गर्ने सल्लाह दिएका छन् । चलचित्रको छायाँकन पनि रोकिएको छ।

खान पूर्ण रूपमा स्वस्थ भए पछि मात्र चलचित्रको  छायाँकन सुरु हुने बताइएको छ। बलिउड उद्योगमा कोरोना संकट तीब्र छ।
 

विशेष