News

सबैला नगरपालिकामा जनप्रनितिधिले गरे तालाबन्दी

सबैला नगरपालिकामा जनप्रनितिधिले गरे तालाबन्दी


जनकपुरधाम
स्थानियतह तहमा जनप्रतिनिधिहरु बिचमै विवाद बढन थालेको छ । विशेष गरेर योजनालाई लिएर अधिकांस ठाउमा विवादहरु ह्ुने गरिएको छ ।  धनुषाको सबैला नगरपालिकामा जनप्रतिनिधि बिचको विवादको कारणले नगरपालिकामा तालाबन्दी गरिएको छ ।  मेयर विजय संकर साहको मनमानी विरूद्ध बुधवार धनुषाको सबैला नगरपालिकाका १३ वटै वडाका वडाध्यक्ष, उपमेयर र कार्यपालिका सदस्यहरुले सँयुक्त रुपमा तालाबन्दी गरेका हुन ।तालाबन्दी गरिएपनि नगरपालिकाको प्रशासनीक र दैनिक काम कार्य भने सुचारु नै रहनेछ भने बाँकीका कार्यहरुमा अवरोध गरिने जनाएको छ ।
नगर प्रमुख साहले कार्यपालिका सदस्य तथा वडाध्यक्षहरुलाई आफनै मनमानी ढंगले एकलौटी रुपमा कार्य सँचालन गर्न खोजेको भन्दै नगरपालिकामा तालाबन्दी गरिएको उपमेयर निलुदेवी कापर ले जनाएको छ ।
आर्थिक वर्ष २०७७÷०७८ को नगर सभा गरेपनि अहिलेसम्म योजना किताब उपलब्ध नगराएको भन्दै योजनाहरु विनियोजन भएपनि योजना संचालन गर्न कार्यदेश नदिएको र शिक्षा समितिमा एकलौटी गर्दै आएको आरोप उनीहरूले तालाबन्दी गरेको जनाइएको छ।
 

विवाद सबैला नगरपालिका

विशेष