सिमावर्ति क्षेत्रमा उच्च सर्तकता अपनाउन सुरक्षा समितिको निर्णय

सिमावर्ति क्षेत्रमा उच्च सर्तकता अपनाउन सुरक्षा समितिको निर्णय

काठमाडौ

प्रदेश स्तरिय सुरक्षा समितिले छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण निकै बढेको र खुला सिमाको कारणले जोखिम अत्याधिक रहेकोले सिमामा उच्च सतर्कता अपनाउन मातहतका निकायलाई निर्देशन दिएको छ । सिमामा उच्च सर्तकता अपनाउन जनाउने निर्देशन दिइएको छ । प्रदेश नंं २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको अध्यक्षतामा बसेको बैठकले छिमेकी मित्र राष्ट्र भारतको विभिन्न प्रदेशहरूमा कोरोनाका महामारी फैलिरहेकाले थप सुरक्षा सावधानी अपनाउन आवश्यक रहेको महसुस गर्दै प्रवेश विन्दुमा सुरक्षा सावधानी अपनाउने निर्णय गरेको छ ।
यसै गरी आउन लागेको होली पर्व संयमपूर्वक भिडभाड नगरेर आ–आफ्नो घरमा मात्र मनाउनका लागि सम्पूर्ण जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।
यसै गरी कोरोनाका महामारी फैलिन थालेकाले क्वारेनटाइन तथा आईसोलेसनहरुलाई पनि तयारी अवस्थामा राख्नका लागि सामाजिक विकास मन्त्रालयसँग सहकार्य गर्ने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिनुभयो । बैठकमा चारै सुरक्षा अङ्गका प्रदेश प्रमुख सहितका अधिकारीहरू उपस्थित रहनु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फेरि बढ्न सक्ने भन्दै विद्यालयहरुलाई सावधानी अपनाउन आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता सहसचिव दीपक शर्माले सूचना जारी गरी शिक्षण संस्थामा मास्क, सेनिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने, संक्रमणको लक्षण देखिएमा स्वास्थ्य संस्थामा लैजाने व्यवस्था मिलाउन आग्रह गरेका छन् ।त्यस्तै विद्यालयमा भिडभाड नहुने गरी पठनपाठन सञ्चालन गर्न, वार्षिक उत्सव, सभा, समारोह नगर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।
सूचनामा सबै प्रकारका शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेको जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड र विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पूर्ण अनुशरण गर्न पनि आग्रह गरिएको छ ।

संम्बधित खबर

विशेष