प्रम ओलीमाथि नेता रावलको आरोप –नेकपाको १८ करोड हिनामिना गर्न अभ्यास सुरु
नेकपा एमालेका नेता भीम रावलले नेकपाको १८ करोड रुपैयाँ हिनामिना गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आफु सहज हुने गरी अभ्यास सुरु गरेको आरोेप लगाएका छन् ।
नेकपा महासचिव ईश्वर पोखरेलले ७ चैतको निर्णयअनुसार सोधेको स्पष्टीकरणको जवाफ दिदै उनले यस्तो आरोप लगाएका हुन् । ‘तपाईंले पार्टी एकीकरणपछि समेत केन्द्रीय कार्यालयमा सञ्चित १८ करोड रुपैयाँ भन्दा बढी रकमको दुरुपयोग गर्न आफू सहज तुल्याउने अभ्यास गर्नु भएको मात्र हो कि नभन्ने ?’– उनले प्रश्न गरेका छन्।
रावलले बिहीबार अध्यक्ष ओलीलाई सम्बोधन गर्दै दिएको जवाफमा सुदूरपश्चिम प्रदेश कमिटीको ३० लाख हिनामिना गरेको भन्दै आफु माथि लागेको आरोप झुठो भएको उनले वताएका छन्। नेकपा अनौपचारीक रुपमा फुटेपछि नै रावलको संलग्नतामा ३० लाख रुपैयाँ पार्टीको खातावाट निकालेर हिनामिना गरेको आरोप लागेको थियो।
नेकपाका समेत अध्यक्ष रहेका ओलीले विधान विपरीत केन्द्रीय र मातहतका कमिटीहरु बनाएपछि पार्टी हितको सुरक्षाका लागि स्थायी र केन्द्रीय कमिटीको निर्णय अनुरुप सुदूरपश्चित कमिटीका सचिव र कार्यालय सचिवले पार्टीको कोषमा सुरक्षित गरेको उनको दाबी छ ।