News राजनीति

ओलीले पार्टी र देशको गोपनियता भंग गरेको माधव नेपालको आरोप

ओलीले पार्टी र देशको गोपनियता भंग गरेको माधव नेपालको आरोप

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र देशको गोपनियता भंग गरेको आरोप लगाउँदै पार्टीको विधान अनुसार उनलाई कारवाही हुनुपर्ने माग गरेका छन् ।

महासचिव ईश्वर पोखरेलले तीन दिनभित्र स्पष्टीकरण बुझाउन भन्दै सोमबार पठाएको पत्रको जवाफ दिदै उनले यस्तो माग गरेका हुन् । १० बुँदै प्रश्नको जवाफ नेपालले १३ बुँदामा दिएका छन् । 

ओलीले पार्टीको मात्र होइन देशको संविधान र देशकै प्रतिष्ठा र मर्यादामा आँच पु¥याएको, सिद्धान्त, नीति र अनुशासनबाट च्युत भएको, पार्टी र देशको गोपनियता भंग गरेको, विधान उल्लंघन गरेको, पार्टी नीति र स्थापित राजनीतिक मूल्य–मान्यताविपरीत मन्त्रिपरिषद्को पुनर्गठन गरको नेपालको आरोप छ । 

यसैगरी, पार्टीका नेतामाथि सार्वजनिक रुपमा गाली बेइज्जती गर्ने व्यक्तिहरुलाई अवैधानीक रुपमा विभिन्न राजनीतिक नियुक्ति गरकोलगायतका आरोप सहित नेता नेपालले ओलीलाई कारवाही हुनुपर्ने माग गरेका छन् । 
 

विशेष