News राजनीति

नेता नेपाल र रावलको स्परिष्टकरणले ओली आक्रोशित, भन्छन्– जवाफ कारवाहीयोग्य

नेता नेपाल र रावलको स्परिष्टकरणले ओली आक्रोशित, भन्छन्– जवाफ कारवाहीयोग्य

स्पष्टिकरण सोधिएका नेताले प्रतिप्रश्न गर्दै थप आरोप लगाएपछि प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली आक्रोशित भएका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलले वुझाएको स्पष्टिकरणमा प्रतिप्रश्नसहितको आरोपको चाङ्ग लागेपछि ओली रिसाएको हुन् ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले नेपाल र रावलले दिएको स्पष्टीकरण कारबाहीयोग्य भएको बताए। नेपाल र रावलले ओलीमाथि संविधान, पार्टीको विधान मिचेको, आर्थिक अनियमितता गर्न खोजेको र देशको हितविपरीत काम गरेको आरोप लगाइएका छन् ।

संस्थापन पक्षले सोधेको स्पष्टिकरणको जवाफ नेपाल र रावलले विहिवार बुझाएका थिए भने घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले अझै जवाफ दिएका छैनन्। 

अध्यक्ष ओलीले चेतावनीयुक्त शैलीमा नेपाल र रावलको जवाफ कारवाही योग्य भएको भन्दै प्रतिक्रिया दिएको वालुवाटार श्रोतले जनाएको छ । तुलनात्मक रुपमा घनश्याम भुसाल र सुरेन्द्र पाण्डेबाट नआउने स्पष्टिकरण नेपाल र रावलको जस्तो नहुने प्रधानमन्त्रीको अपेक्षा छ। 

एमाले स्परिष्टकरण

विशेष