News राजनीति

माधव पक्षका नेताले ओलीलाई ‘छाति ठुलो पार्नोस’ भनेपछि...

माधव पक्षका नेताले ओलीलाई ‘छाति ठुलो पार्नोस’ भनेपछि...

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ पछिका निर्णय फिर्ता नहुने अडान लिएका छन्। बालुवाटारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा ओलीले फागुन २८ यताका कुनै पनि निर्णय फिर्ता नहुने बताए।

बैठकमा ओलीले राखेको धारणा उद्धृत गर्दै प्रमुख सचेतक विशाल भट्टराईले निर्णय फिर्ता हुने सम्भावना नरहेको वताए । ‘फागुन २८ गतेको केन्द्रीय समितिका निर्णयहरु र त्यसपछिका चैत ५ र ७ गतेका संसदीय दलको बैठकका निर्णयबाट व्याक हुन सकिँदैन’ उनले भने–‘बैठकमा केही साथीहरु अनुपस्थिति हुनुभयो । तर बैठकले विधिसम्मत तरिकाले गरिएको निर्णय फिर्ता हुन सक्दैन।’

बैठकमा खनाल–नेपाल समूहका सांसदहरुले पार्टीलाई जेठ २ गते अगाडिको अवस्थामा लगेर एकता कायम राख्नु सुझाव प्रस्तुत गरे। घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतले ओलीलाई यस्तो सुझाव दिएको भट्टराईले जानकारी दिए ।

‘तपाईंले नै पार्टी एकताबद्ध बनाएर लैजाने हो । तपाईंले ठूलो छातीका साथ पार्टीलाई एकताबद्ध बनाउनुस् भनेर वहाँहरुले सुझाव दिनु भयो’ भट्टराईले भने।

ओलीले अब गुट/समूहका रुपमा छलफल नगर्ने बताएका थिए । 

माधव पक्ष अध्यक्ष केपी शर्मा ओली निर्णय फिर्ता नहुने

विशेष