News

रेशम चौधरीलाई छुटाउन वार्ता समितिः रेशम नै संयोजक, जेलमा वार्ता नगर्ने

रेशम चौधरीलाई छुटाउन वार्ता समितिः रेशम नै संयोजक, जेलमा वार्ता नगर्ने

टिकापुर घट्नामा अपराधी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छुटाउन वार्ता समिति गठन गरिएको छ । रेशम चौधरीलाई जेल मुक्त गर्न सरकारलाई वाध्य पार्ने मनसायले उनकै संयोजकत्वमा वार्ता समिति गरिएको जनाईएको छ ।

कैलालीको हसुलियामा टीकापुर घटनाका बन्दीको बैठकले वार्ता टोली गठन गरेको थारुवान–थारुहट राष्ट्रिय मोर्चाका कैलाली संयोजक माधव चौधरीले जानकारी दिए । थारुवान–थारुहट राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारुको अध्यक्षतामा वैठक वसेको थियो । ‘कारागारभित्र वार्ता हुँदैन । रेशम चौधरीलाई बाहिर ल्याएर वार्ता गरिनु पर्छ’– माधवले भने।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उनको रिहाइका लागि वार्ता टोली बनाएर आउन विहिवार आग्रह गरेपछि शुक्रवारै समिति गठन गरिएको हो । समितिमा लक्ष्मण थारु, रामप्रसाद थारु, चुनिराम थारु, बिना चौधरी र यमुना चौधरी सदस्य छन् ।

अदालतबाट टीकापुर घटनामा दोषी ठहर गरिएका व्यक्ति र उनीहरूका परिवारका सदस्यको संयुक्त बैठक वसेको थियो । माधवले रेशम चौधरीलाई बाहिर ल्याएर मात्रै वार्ता हुने वताए ।

थारु समुदायको आन्दोलनका क्रममा ७ भदौ २०७२ मा टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नौ जनाको मृत्यु भएको थियो । घटनाको योजनाकार भएको भन्दै जिल्ला अदालत कैलालीले चौधरीलाई जन्मकैदको सजाय सुनाएको थियो, जसलाई उच्च अदालत दिपायलले सदर गरेको छ ।

टीकापुर घटनामा चौधरीसहित ७ जनाले जेल सजाय भोगिरहेका छन् । लक्ष्मण थारुसहित १८ जनालाई उच्च अदालतको फैसलाले दोषी करार ठहर गरेको छ ।

रेशम चौधरी जेल वार्ता समितिः

विशेष