कांग्रेस नेता नविन्द्रराज जोशीको निधन
मस्तिष्कघाट भएर अस्पताल भर्ना भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ ।
जोशीको शुक्रबार साँझ निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । फागुन १४ गते मस्तिष्कघात भएर अस्पताल भर्ना भएका जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनल अस्पतालले यस अघि नै वताएको थियो।
मष्टिष्कघाटपछि अस्पताल पु¥याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो।