मुद्दा सम्बोधन गर्नमा प्रधानमन्त्री सकारात्मक :अध्यक्ष ठाकुर

मुद्दा सम्बोधन गर्नमा प्रधानमन्त्री सकारात्मक :अध्यक्ष ठाकुर


जनकपुर
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुले अघि सारेको मांगहरु प्रति प्रधानमन्त्री सकारात्मक रहेको पाइएको बताएका छन ।
प्रदेश नम्बर २ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय जनकपुरधामले आयोजना गरेको होली मिलन समरोहक कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले मुद्दा फिर्ता लगायतको विषयमा प्रधानमन्त्रीसंग सकारात्मक कुराकानी भएको बताए ।

उनले कतिपय मुद्दाहरु जिल्ला अदालत ,कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेको ले यस विषयमा महान्याधिवक्ताको कार्यालयसंग राय मांगिएको जानकारी दिए । उनले प्रधानमन्त्रीले आफुहरुले अघि सारेको मांगको विषय वस्तुलाई गम्भीरताका साथ लिएर केही कार्यहरु अगाडि समेत बढाएको जानकारी दिए । उनले भने प्रधानमन्त्रीसंग पटक पटक भएको वार्ता सकारात्मक दिशा तर्फ गएको ,मुद्दा फिर्ता चाडै हुनेमा आफुहरु विश्वस्त रहेको छु । ठाकुरले नागरिकता लगायत विषयमा समेत निकै समस्या रहेको र संसदले नागरिक विधेयक पारित गर्न ढिलाई गरेको कारणले समस्या सृजना भएको बताए । उनले सरकारले यस विषयलाई समेत गम्भीरताका साथ लिनुपर्ने बताए । 
अध्यक्ष ठाकुरले नेकपा एमाले बिचको किचलोको कारण मुलुक एउटा अनिर्णयको बन्दी बनेको बताए । उनले राजनितिकलाई विावद भन्दा पनि छलफल र संवादको साथ अगाडि बढनुपर्ने आवश्यकता रहेको बताए ।       
 

जनता समाजवादी पार्टी प्रधानमन्त्री अध्यक्ष महन्थ ठाकुर

संम्बधित खबर

विशेष