News

सांसद अपहरणको आरोप लागेका पुर्व आईजी खनाललाई अख्तियारमा लाने तयारी !

सांसद अपहरणको आरोप लागेका पुर्व आईजी खनाललाई अख्तियारमा लाने तयारी !

नेपाल प्रहरीका पुर्व महानिरीक्षक सर्वेन्द्र खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा नियुक्त हुने भएका छन् । सरकारले उनलाई आयुक्तमा नियुक्ति गर्ने तयारी गरेको छ ।

वालुवाटार श्रोतका अनुसार खनाललाई उनको योगदान र सहयोगको मुल्यांकन गरेर अख्तियारमा लान लागिएको हो। खनाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै अख्तियारमा लाने वचन दिएको स्रोतको दावी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सम्भव नभए लोकसेवा आयोगमै भएपनि खनाललाई नियुक्त गर्ने तयारी रहेको श्रोतले जनाएको छ । ‘सम्भव भएसम्म अख्तियार, नभए लोकसेवामा खनालको नियुक्तिको तयारी छ’ स्रोत भन्छ–‘प्रधानमन्त्रीले नै वचन दिएकाले नहुने भन्ने कुरा नै भएन ।’

नेपाल प्रहरीको २६ औं महानिरीक्षक भएर सेवा निवृत्त भएका खनाललाई तत्कालीन समाजवादी पार्टी नेपालका सांसद डा. सुरेन्द्र यादवको अपहरण गरेको आरोप लागेको थियो ।

नेकपा सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व आईजी खनालले सांसद यादवलाई अपहरण गरेको आरोप लगाउँदै पार्टीका नेताहरुले नै प्रहरीमा उजुरी दिएका थिए ।

वैशाख १० गते राति महोत्तरीस्थित घरबाटै सांसद यादवलाई जबर्जस्ती काठमाडौं पुर्याईएको थियो ।

सर्वेन्द्र खनाल अख्तियार आईजी

विशेष