ओलीले आश्वासन दिनु भएको छ, लिखित प्रतिबद्धतापछि मात्रै सहयोग गर्छौः महन्थ ठाकुर
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुका माग पुरा गर्ने आश्वासन दिएको वताएका छन् ।
वृहत नागरिक आन्दोलनले शनिबार काठमाडौँमा आयोजना गरेको अन्तक्र्रियामा वोल्दै उनले यस्तो वताएका हुन् ।
अध्यक्ष ठाकुरले आफूहरूका माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाए मात्रै सत्ता समीकरणमा सहयोग गर्ने पनि बताए। माग सम्बोधन भएपछि मात्रै कसलाई सहयोग गर्ने भन्ने विषयमा निर्णय गर्ने उनको भनाई थियो ।
‘हामी हाम्रो एजेण्डामा अडिग छौँ । माग सम्बोधन भएपछि मात्रै हामी कसलाई सहयोग गर्ने भन्नेबारे निर्णय गछौँ’ उनले भने–‘प्रधानमन्त्री ओलीलेसहयोग गर्ने आश्वासन दिनु भएको छ ।’