प्रचण्ड भन्छन्– देशको राजनीति जतासुकै जाओस, म आफ्नो राजनीति वचाउँछु
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अव देशको राजनीति जतासुकै गए पनि आफ्नो राजनीति र नैतिकता वचाउने वताएका छन् ।
शनिबार राजधानीमा आयोजित बृहत् नागरिक आन्दोलनका अगुवाले गरेको अन्तरक्रियामा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘नैतिक र राजनीतिक ढंगले अब म धेरै दिन पर्खिन सक्दिन। चाहे राजनीति जतासुकै जाओस् । मैले मेरो राजनीति र मेरो नैतिकतालाई बचाउनुपर्नेछ’ उनले भने–‘म केही दिनभित्र नै त्यो प्रक्रिया अगाडि बढाउँछु ।’
जुन सरकारलाई प्रतिगामी भनेको छ त्यहि सरकारलाई समर्थन दिन नसकिने उनको भनाई थियो । प्रचण्डले भने– ‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु, त्यसलाई समर्थन गर्न सक्दिन ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई प्रतिगामी र असंवैधानिक भन्ने राजनीतिक दलबीच एउटा सहमति गरेर समर्थन फिर्ता लिने तयारी गरेकाले ढिलो भएको पनि उनले जानकारी दिए ।
‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगैहोस् भन्नको निम्ति मात्रै मैले दाह्रा किटेर समर्थनलाई एक दुई दिन रोकेको हो। मेरो सिधा भाषा यही हो’– उनले भने।