कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत

कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री राउत

जनकपुरधाम

मुख्यमन्त्री लालबाबु राउतले प्रदेशमा कार्यरत कर्मचारीहरुको हकहितका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन  । 
मधेशी निजामति कर्मचारी मञ्चले आज जनकपुरमा आयोजना गरेको राष्ट्रिय भेला एवं संघीय निजामित कर्मचारी ऐन सम्बन्धि अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कर्मचारीहरुको हक हितका लागि प्रदेश सरकार कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए । 
उनले प्रदेश सरकारले ल्याएको निजामति कर्मचारी ऐन संघीय ऐन भन्दा अग्रगामी रहेको दावी गर्दै ऐनमा कुनै कुरा छुटन गएको भए कर्मचारीहरुकै सल्लाहमा थप घट गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।  
संघीय सरकारले समयमा ऐनकानूनहरु नल्याएका कारण प्रदेश सरकारलाई काम गर्न कठिनाई भई रहेको अवगत गराउदै मुख्यमन्त्री राउतले समस्याका बाबजुद पनि प्रदेशलाई अग्रगामी दिसामा अगाडी बढाउन प्रतिबद्ध रहेको उल्लेख गरे ।  
मंचका अध्यक्ष भुवनेश्वर चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, प्रदेश सभा सदस्य परमेश्वर साह , मुख्यन्यायधिवक्ता दिपेन्द्र झा, मधेशी स्वास्थ्यकर्मी फोरमका अध्यक्ष बालकिशोर यादव, वौद्धिक पेशाकर्मी मंचका उपाध्यक्ष जितेन्द्र यादव सहित  वक्ताहरुले सम्बोधन  गरेका थिए । 
 

मुख्यमन्त्री राउत लालबाबु राउत

संम्बधित खबर

विशेष