वाजुरामा सुरु भयो अनिश्चितकालिन लकडाउन
बाजुरामा कोरोना रोकथामका लागि लकडाउनको घोषणा गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले शुक्रवार राति १२ बजेदेखि लागु हुने गरी अनिश्चितकालिन लकडाउन सुरु गरेको हो ।
भारतका विभिन्न ठाउँमा कोरोना सङ्क्रमण फैलिएको र नेपालमा पनि जोखिम बढ्ने सम्भावना भएकाले लकडाउन लगाइएको सिडिओ कृष्ण गैरेले बताए । जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकको निर्णय समेतको आधारमा रही स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा सङ्क्रमण रोग ऐन २०२० दफा २ ले दिएको अधिकार समेत प्रयोग गरी निषेधाज्ञा जारी गरीएको गैह्रेले जनाए ।
गृहमन्त्रालयको निर्देशन अनुसार लकडाउन जारी गरीएको उनको भनाई छ ।