मधेस मुद्दाबारे प्रधानमन्त्रीले लिए बोल्ड डिसिजन, महन्थ ठाकुरको खुलासापछि तराईमा खुशियाली
जनकपुरधाम । सरकारले मधेस मुद्दा सम्बोधनको काम अघि बढाएको खुलेको छ ।
जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुद्दा सम्बोधनको काम अघि बढिसकेको खुलासा गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओली आफूहरुको मागप्रति सकारात्मक रहेको बताउँदै ठाकुरले पछिल्ला समय भएको छलफलमा मधेशको मुद्दामा सकारात्मक कुरा भएको बताए ।
शुक्रवार प्रदेश नम्बर २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको होली मिलन समारोह कार्यक्रममा अध्यक्ष ठाकुरले कतिपय मुद्दाहरु जिल्ला अदालत, कतिपय उच्च र कतिपय सर्वोच्चमा रहेकाले यस विषयमा महान्याधिवक्ताको कार्यालयसँग राय मागिएको बताए ।
प्रधानमन्त्री ओलीले आफूहरुको मागलाई गम्भीरतापूर्वक लिएको भन्दै ठाकुरले केही कार्यहरुलाई अगाडि समेत बढाएइको बताए ।
प्रधानमन्त्रीसँग पटक–पटक भएको वार्ता सकारात्मक रहेकोले आफूहरुको माग सम्बोधन हुनेमा विश्वस्त रहेको अध्यक्ष ठाकुरले बताए ।
प्रधानमन्त्रीले काम अघि बढाएसँगै लामो समयदेखि थाँती रहेका मुद्दा सम्बोधनको आशमा खुसियाली छाएको छ ।