वावुरामको प्रश्न– प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गर्ने ?
जनता समाजवादी पार्टी जसपाको संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने ?भन्दै प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै प्रतिगमनको खतरा नटरेको वताएका छन् भने दुई विकल्प देखाएर सबैलाई आफ्नो विवेकको प्रयोग गर्न सुझाव दिएका छन् ।
‘प्रतिगमनको खतरा टरेको छैन! प्रतिगमनकारीसँग लेनदेन गरेर क्षणिक लाभ लिने कि उसलाई विदा गरेर संविधान÷लोकतन्त्रको रक्षा गर्दै थप अग्रगमनको दिशामा लाग्ने दुइ विकल्प अगाडि छन्। पहिलो बाटो तुलसी गिरी÷केशरजंग रायमाझीको र दोस्रो बाटो बिपी–पुष्पलालको हो! वुद्धि÷विवेकको प्रयोग गरेर आफै रोजौँ!’