News अपराध सुरक्षा

महोत्तरीका वृद्ध दम्पतीको अपहरणपछि हत्या गरेको आशंकामा थप ३ जना पक्राउ

महोत्तरीका वृद्ध दम्पतीको अपहरणपछि हत्या गरेको आशंकामा थप ३ जना पक्राउ

महोत्तरी वृद्ध दम्पतीको अपहरण गरी हत्या गरेको आरोपमा थप ३ जना पक्राउ परेका छन् ।

पिपरा गाउँपालिका–५ का विकास झा, कैलाश झा र शम्भु झालाई प्रहरीले पक्राउ गरेको हो । कैलास र विकास दाजुभाइ हुन् । तीनैजना झा दम्पतीका नातेदार हुन ।

उनीहरु ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको घट्नामा उनीहरुको संलग्नता रहेको प्रहरीको आशंका छ।

प्रदेश नम्बर २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार अनुसन्धनका क्रममा संलग्नता देखिएकाले उनीहरु तीनैजनालाई शुक्रबार नियन्त्रणमा लिएको हो। उनीहरुको घरबाट झा दम्पतीको जलेको कपडा बरामद भएको सिंहले वताए ।

फागुन १० गते राति अपहरणमा परेका झा दम्पतीको दुई दिनअघि मात्र कंकाल फेला परेको थियो । घटनामा संलग्न रहेको भन्दै प्रहरीले यसअघि छिमेकी रामबाबु यादव, उनका छोराद्वय सुरेन्द्र यादव, राजेन्द्र यादव र भारतको बिहार स्थित मधुबनी घर भई बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेको थियो ।

झा दम्पतीको खोजतलास तथा घटनाको अनुसन्धानमा नेपाल प्रहरी र सीआईबी टोली खटिएको छ । 

पक्राउ अपहरण हत्या पिपरा गाउँपालिका

विशेष