मह जोडि भए महामुर्ख

मह जोडि भए महामुर्ख


जनकपुरधाम
होलीभन्दा एक दिन अगाडी मिथिला नाट्य कला परिषद्ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलन आज सम्पन्न भएको छ । 
जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा हास्य परिहास, होलीका गीत, जोगिरा, कविता वाचनसहित सुरु भएको महामूर्ख सम्मेलनमा यस पटक महामूर्खको उपाधि नेपालका प्रसिद्ध हास्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यलाई संयुक्त रुपमा दिइएको छ । 
विगतका वर्षहरूमा यो उपाधि प्रायः राजनीतिक दलका विशिष्ट नेता तथा सामाजिक अगुवालाई दिँदै आएकोमा यस पटक नेपालको कला क्षेत्रमा उल्लेखनीय योगदान दिनु भएका हास्य कलाकार द्वय श्रेष्ठ तथा आचार्यलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय भएको मिथिला नाट्य कलापरिषदका पूर्व अध्यक्ष एवं गायक सुनिल मल्लिकले जानकारी दिनुभयो ।
त्यसैगरि मुर्ख शिरोमणि प्रदेश नम्बर २का भौतिक पुर्वाधार मन्त्री जितेन्द्र सोनल, ब्रजकिट प्रदेश सभा सदस्य परमेश्वर साह, वैशाखानन्दन जनकपुर उपमहानगरपािलका वडा नम्बर ४का वडा अध्यक्ष सुदर्शनसिंहलाई प्रदान गरिएको छ। 
 

जनकपुरधाम महामूर्ख मिथिला नाट्य कला

संम्बधित खबर

विशेष