अविश्वास प्रस्ताव फिर्ता लिने निर्देशन जारी गर्न मुख्यमन्त्री पौडेलले वताए दलको वैठक
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले चैत १८ गते काठमाडौँमा बस्ने गरी नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।
आफुविरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिन निर्देशन दिने उद्देश्यले संसदीय दलको बैठक बोलाएको जनाईएको छ । मुख्यमन्त्री पौडेल विरुद्ध तत्कालिन नेकपा (माओवादी केन्द्र र एमालेको माधव नेपाल समुह) ले गत पुस १० गते सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका थिए।
नेकपा एमालेको नेपाल–खनाल पक्षका २३ जना सहित जम्मा ४५ जना सांसदहरुको हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता भएको थियो ।
कुल ११० जना प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा नेकपा एमालेको ५७ जना सदस्यसहित स्पष्ट बहुमत छ । माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, साझा विवेकशीलका ३, राप्रपा र नेपाल मजदुर किसान पार्टीका २÷२ र स्वतन्त्र एक सांसद् छन् ।
बागमती प्रदेश संसदीय दल अविश्वासको प्रस्ताव