News विदेश

म्यानमारमा सेनाको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरैको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरैको मृत्यु

म्यानमारमा सेनाको गोली लागेर एकैदिन ९० जनाभन्दा धेरै प्रदर्शनकारीको मृत्यु भएको छ ।

शनिवार सेना दिवसकै दिन सेनाले चलाएको गोली लागेर मारिनेमा बच्चासहित ९० जनाभन्दा धेरै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । नेतृ आङ सान सुकीसहितका नेताहरुको रिहाइको माग गर्दै उनीहरु प्रदर्शनमा थिए। तर, उनीहरुमाथि अन्धाधुन्ध गोली चलाएको जनाईएको छ ।

सेनाको यो कदमको अमेरिका, बेलायत र युरोपियन युनियनका अधिकारीहरुले निन्दा गरेका छन् । बेलायतका राजदूत डान चगले विज्ञप्ति निकालेर निर्दोष नागरिकमाथि गोली चलाएर म्यानमारको सेनाले आफ्नो प्रतिष्ठा गुमाएको भन्दै विरोध गरेका छन् ।

म्यानमारमा सेना विरोधी प्रदर्शनका क्रममा अहिलेसम्म ४ सयभन्दा धेरै प्रदर्शनकारीहरुले ज्न्यान गुमाइसकेका छन् । प्रदर्शनकारीमाथि गोली चल्दै गर्दा सेना दिवसको अवसरमा म्यानमारका सैनिक प्रमुख जनरत मिन आङ लाइङले प्रजातन्त्र सुरक्षित रुपमा पुनःस्थापित गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले सेना नै सत्तामा आउनुपर्ने र नेतृ आङ सान सुकी र सुकी नेतृत्वको पार्टीले अवैध काम गरेको आरोपसमेत लगाएका थिए ।

म्यानमार सेना गोली आङ सान सुकी

विशेष