२०७७ चैत्र १५ गते आईतवारको राशिफल

२०७७ चैत्र १५ गते आईतवारको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज राजनीतिक क्षेत्रमा उन्नती हुने दिन छ। काका–मामासँगको भेटघाट अर्थपुर्ण हुनेछ। शिक्षा क्षेत्र सामान्य रहने छ। खुट्टा सम्वन्धि समस्या भएकाहरुले केहि राहत महसुस गर्लान ।

 

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
चोटपटक लाग्न सक्ने सम्भावना छ, मेसिनरी सामानवाट सावधान रहनु होला। पेट सम्वन्धि समस्याले सताउला। शिक्षा क्षेत्र सामान्य छ। स्वास्थ्य अनुकुल रहला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
जलयात्रा गर्ने अवसर प्राप्त हुनेछ। सवारी साधन सम्वन्धि ब्यापार ब्यवसाय हुनेहरुले राम्रो फाईदा लिन सक्नु हुनेछ। शिक्षा र स्वास्थ्य क्षेत्र मध्यम छ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
जोस÷जाँगर हराउने छ। नाक, कान, घाँटीको समस्याले सताउने छ। सोचेको ठाउँवाट साथ सहयोग प्राप्त नहुन सक्छ। शिक्षामा नकारात्मक असर देखिएलान्।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
परिवारवाट भरपुर सहयोग पाईने छ । थोरै भएपनि डुवेको लगानी उठ्न सक्छ। वोलिको सकारात्मक प्रभाव पर्ने देखिएको छ ।

 

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
स्वविवेकको कामले सफलता नपाउने समय छ। प्राकृतिक विपत्ति पर्न सक्छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि निराशा हात लाग्ने छ ।

 

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
शत्रुहरुको सामना गर्नु पर्ने समय छ। आर्थिक क्षती हुन सक्छ। आँखाको समस्याले सताउने योग छ। शिक्षा क्षेत्र पनि निराशाजनक छ।

 

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
नाक, कान, घाँटीको समस्याले खर्च वढ्न सक्छ। आयआर्जनको वाटो वन्द हुन सक्छ। सकेसम्म यात्रा नगर्दा राम्रो। 

 

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
काममा रुची वढ्ने छ । सामाजिक र राजनीतिक काममा सहभागिताको अवसर मिल्ने छ । नेतृत्वदायी भुमिका प्राप्त होला। शिक्षा क्षेत्र सामान्य रहने छ। स्वास्थ्यमा खासै उतार चढाव देखिएको छैन, मध्यम अवस्था रहला।

 

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आफनो काम र आफन्तवाट वैराग्यता वा निराशा उत्पन्न हुनेछ। धार्मीक क्षेत्र पनि सन्तोषजक छैन। शिक्षामा पनि निराशा नै पाईने योग छ। स्वास्थ्य सामान्य रहला।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
मान सम्मान प्राप्त हुने समय छ। खुट्टा सम्वन्धि समस्या भएकाहरुलाई राहत मिल्ने छ। शिक्षामा सामान्य उन्नती होला। स्वास्थ्य आफु अनुकुल रहने छ। 

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
विना कारण प्रेम सम्वन्धमा दरार उत्पन्न हुन सक्छ। राजकिय वाधा आउन सक्ने योग छ। आज स्त्रि जातीवाट सकेसम्म टाढा रहन सके समस्यावाट जोगिन सक्ने सम्भावना छ। 


 – शेषराज पराजुली

राशिफल

संम्बधित खबर

विशेष