News

विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा आईतवार काठमाडौं ११औं स्थानमा

विश्वकै सबैभन्दा प्रदूषित शहरको सूचीमा आईतवार काठमाडौं ११औं स्थानमा

काठमाण्डौं उपत्यका क्षेत्रको वायु प्रदूषणमा अझै सुधार आएको छैन । प्रदुषण केहि घटेपनि काठमाडौं उपत्यकासहित देशमा केही शहरमा तुँवालो लागिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार र शनिवार विश्वकै सबैभन्दा धेरै प्रदूषित शहरको सूचीमा पहिलो र दोस्रो स्थानमा रहेको काठमाडौं आईतवार ११औं स्थानमा पुगेको छ। काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, सिमरा, हेटौंडासहितका क्षेत्रको वायु मानव स्वास्थ्यका लागि घातक मानिएको छ ।

वातावरण विभागको प्रदूषण मापक यन्त्रले बिहानको मापनमा आज सबैभन्दा धेरै प्रदूषण सिमरामा देखिएको थियो । यस्तै काठमाडौं उपत्यकाको हावाको गुणस्तर ३३२ एक्यूआई थियो । २ सयभन्दा धेरै हानिकारक र ३ सयभन्दा धेरैलाई उच्च हानिकारक मानिन्छ ।

अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो ।

नेपाल सरकारले निर्धारण गरे अनुसार एक्यूआई ३ सय भन्दा बढि भए मानव स्वास्थ्यका लागि विपदको अवस्था मानिन्छ। तर विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने एक्यूआई ३५ भन्दा कम हुनुपर्ने मापदण्ड वनाएको छ।

प्रदूषण उपत्यका ११औं स्थानमा

विशेष