News राजनीति

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, सुधार भयो सम्वन्ध ?

प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता, सुधार भयो सम्वन्ध ?

प्रतिनिधि सभा विघटनपछि तिक्ततापुर्ण रहेको प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच सम्वन्धमा सुधारका संकेत देखिएका छन् ।

दुवै जना विच आईतवार बिहान ११ बजेदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झण्डै दुई घण्टा भेटवार्ता भएको छ । सभामुख सापकोटाले प्रधानमन्त्रीसँग भेटघाटका लागि समय मागेका थिए ।

प्रधानमन्त्री ओली र सभामुखबीच पछिल्लो पटक तीक्ततापूर्ण सम्बन्ध थियो । प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि दुई जनाबीचको सम्बन्ध थप बिग्रिएको थियो । यसै क्रममा आईतवार भएको भेटवार्तामा संसदको प्रभावकारी संचालन र जरुरी विधेयकका विषयमा छलफल भएको जनाईएको छ।

प्रधानमन्त्रीले सभामुखबाट सरकारलाई असहयोग भएको आरोप लगाउने गरेका थिए । अमेरिकी परियोजना एमसीसी सभामुखले अघि नबढाएको प्रधानमन्त्री ओलीले आरोप लगाउने गरेका थिए । 
 

प्रतिनिधि सभा प्रधानमन्त्री सभामुख भेटवार्ता

विशेष