News अन्तरवार्ता भिडियो

चीनले नेपालीविरुद्ध सुरु गरेको युद्ध वन्द गर्नुपर्छः विश्लेषक केसी

चीनले नेपालीविरुद्ध सुरु गरेको युद्ध वन्द गर्नुपर्छः विश्लेषक केसी

राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले चीनले नेपालसँग सुरु गरेको अघोषित युद्ध वन्द गर्नु पर्ने वताएका सिमानाकामा लगाईएको नाकावन्दिलाई युद्धको संज्ञा दिदै केसीले यसको अत्यका लागि दुवै देशको सरकार गम्भिर वन्नु पर्ने वताए । 

‘वन्दलाई त हामी युद्ध भन्छौं। हामीले भारततिरको वन्दलाई हिजो त्यसरी नै ब्याख्या गरेका थियौं। मैले ब्याख्या गरेको हो। अव हामीले यहाँ त्यो प्रकारको वन्द देख्यौं’ उनले भने–‘एक प्रकारले हाम्रो मौनता जस्तो छ–यसलाई लिएर।’

‘काठमाण्डौं देखि सिन्धुपाल्चोकको लिपिङ्गसम्म आउँदाको अनुभव कस्तो रह्यो ?’ भन्ने नेपाल आजको प्रश्नमा डा. केसीले आफुलाई एकदमै लज्जा र पीडा वोध भएको वताए । ‘यो अवस्था जो नेपाल सरकारले लामो समयदेखि यो क्षेत्रमा राखि आएको हामीले देख्यौं। त्यसप्रति मलाई एकदम खेदको भावना जाग्यो, किन भने यति श्रोत साधन युक्त यत्रो राजश्व भुक्तानी गर्ने यस क्षेत्रलार्य नेपाल सरकारले यस्तो अस्तब्यस्त र दिनहिन अवस्थामा राखि राख्नु मलाई लाग्छ कुनै शब्दवाट ब्यक्त गर्दा त्यो खेदजनक कुरा हुन्छ’ उनले भने–‘जति असजीलो र अप्ठ्यारो मैले यस क्षेत्रका जनताको देखे । यति अप्ठ्यारो र असजीलो त अन्त पनि होला, तर यति सुगम ठाउँमा, यति राजश्व इत्यादी भुक्तानी गर्ने र मित्र राष्ट्र चिनले निकै लामो समयदेखि निर्माण गरिदिएको यस सडकमा दोहोर्याएर नेपाल सरकारको हात परेजस्तो मलाई लागेन।’

भुकम्पका कारणले पनि कयौं घरहरु विस्थापित रहेको यस क्षेत्रमा नाकावन्दीका कारण जनताले थप दुःख पाएको उनले वताए । ‘सुख्खा वन्दरगाहामा डेढ सय मजदुरहरु अस्तब्यस्त, दिनहिन अवस्थामा उभिएको, लत्रिएको र लम्पसार परेको हामीले देख्यौ । किन भने वन्दरगाहा लामो समयदेखि अवरुद्ध छ। मितेरी पुलवाट आवागमन सुन्य अवस्थामा छ। यसको असर आम जनतामा परेको भन्ने प्रष्टै छ’ उनले थपे–‘मैले दुईतिन वर्षदेखि अनुमानका भरमा यस क्षेत्रका जनतालाई नराम्रो पीडा दिएको होला भनेर आवाज उठाएको थिए। एक प्रकारको लाईफलाईन थियो यो। काठमाण्डौंसँग जोड्ने यो इलाकावाट मलाइ लाग्छ अरबौको ब्यापार हुथ्यो होला। अव त्यो अरवौको ब्यापार सुन्य भएवाट त्यसले जनजिवनमा पार्ने असर र प्रभाव हो। यसले एउटा भयावह स्थिती होला भन्ने मेरो सामान्य अनुमान थियो ।’

स्थलगत निरिक्षण गर्दा आफुले सोचेभन्दा भयावह अवस्था पाएको उनले वताए । ‘मैले मेरो अनुमान भन्दा पनि खतरनाक अवस्था पाएँ। यहाँका मानिसहरुको जनजिवन, यहाँका छोराछोरी कसरी पढ्लान ? यहाँका मानिसहरुले कसरी जिवन धान्छन होला भन्ने लागिरहेको छ’ केसी भन्छन्–‘हामीले सामान्य अनुमान मात्रै गरेको। आर्थिक गतिविधि सुन्य भएवाट त्यसको प्रभाव के परेको होला भनेर सामान्य अनुमान त गर्न सकियो ।’

नेपालीहरु दुखमा पनि हाँस्न सक्ने भएर मात्रै जिवन धानीरहेको वताएका उनले भने –‘अहिले भखरै वर्ड ह्याप्पी इन्डेक्स (विश्व खुसी सुचकांक) मा नेपालीहरुको स्तर घटेको होईन, वढेको भनेर देखाएको छ । नेपालीहरु दुःखमा पनि हाँस्न सक्ने जाति हुन । म नै पनि हाँसी रहेको छु, यहाँको अवस्था हेर्दा मैले हाँस्नु वेकार हो। किनभने धेरै नै अप्ठ्यारो छ यहाँको अवस्था। यो कोदारी सडक २०२२ सालमा वनेको सडक हो ।  यसको यस्तो स्थिती भनेको त नेपालीहरु ज्यूँदै मरेजस्तो हो । तर, यिनीहरुलाई लज्जा वोध हुँदैन, त्यही पनि हासिरहेको भनेपछि त नेपालीहरुको जिवनलाई वुझने÷अनुभुत गर्ने तरिका त अनौठो छ।’

नाकावन्दीका कारण कयौ मानिसहरु विस्थापित भएको उनले सुनाए। ‘हुनेखाने मानिसहरु यत्रतत्र लागेको, कोही विदेश तिर लागेको, कोहि काठमाण्डौं तिर लागेको हामीले पायौं’ उनले आश्चर्य मान्दै भने–‘एउटा नयाँ कुरा के सुनेँ भने लामो समय वाढि पहिरो इत्यादिका कारणले यो क्षेत्र अवरुद्ध भएपछि यहाँका मानिसहरु नै खासा तिर स्थानान्तरण भएको र त्यहाँ वसोवास गरेपछि नागरिक्ता पाएर उनीहरु उतै स्थापित भएको कुरा थाहा थिएन। त्यो सवै कुरा देखियो। त्यो हेर्दा खेरी कयौँ नेपालीहरु आफनो मातृभुमिनै मायाँ मारेर विस्थापित मात्रै होईन, देशै छोडेको जस्तो कुरा पनि हामीले सुन्यौ ।’

नाकावन्दिका कारण खासासँग जोडिएर जनजिविका चलाउने प्रवृत्ति नै अवरुद्ध भएको केसीले वताए । ‘महत्वपुर्ण कुरा चाही जुन तातोपानी भन्सारवाट हुने अरवौको राजश्व छ, त्यो पनि सुन्य जस्तो छ। दिनमा ५÷६ वटा गाडि त्यो पनि मलको मात्रै आउँछ भन्ने कुरा थाहा भयो । ४०÷४५ जना कर्मचारी घाम तापेर वसिरहेको देखियो । यो सवै हेर्दाखेरी दिनहिन अवस्था छ र मलाई लाग्छ– ढिलो÷चाँडो यो नाका वन्दहोला जस्तो लाग्यो मलाई त’– उनले भने।

स्थानीय भुक्तभोगीहरुको भनाईका आधारमा अथक प्रयास गर्दा पनि नेपाल सरकारले वास्ता नगरेपछि  चीन सरकार पछाडि हटेको उनले जानकारी गराए । ‘स्थानीयका अनुसार यस क्षेत्रको विकासका लागि चीनले ठुलो प्रयास गरेको थियो । यस क्षेत्रको पुनर्निर्माण र ब्यवस्पान गर्न धेरै पटक प्रयास भए’ उनले भने–‘यो विषयमा यस भन्दा धेरै नभनौ। तर, यो नाकावन्दि राजनितिक कारणले भएको हो ।’

०७२ सालको भुकम्पका नेपालीको उद्धार र सहयोगका लागि चीन ७०÷७५ वटा गाडि लाम लागेर वसेको तर नेपाल सरकारले नै प्रवेश गर्ने अनुमति नदिएको कुरा स्थानीयवासीलाई उधृत गर्दै उनले वताए । ‘मैले त्यहि वेला भनेको थिएँ। अव यो नाका वन्द हुन्छ । अनुमानकै भरमा भनेको थिए । किन भने नेपालीहरुको जुन काईदा छ र चिनको सुरक्षा सम्वन्धि सम्वेदनशिलता छ। राजनीतिक कारण भनौ न। अन्य कुरा नभनौ । फेरी तेरो मेरो भन्ने हुन्छ नी त नेपालमा’ उनले थपे–‘चिनलाई एउटा, भारतलाई अर्को र अमेरीकालाई अर्को कोणले हेर्छन नेपालीहरु । यो हाम्रो वानिले पनि आज हाम्रो यो अवस्था भयो। अव हामी यसवाट परिमार्जित हुन तिर छौ भन्ने मलाई लाग्दैन र परिमार्जनको दिशा तिर जाँदा खेरी हामी सफल हुन्छौं भन्ने पनि मलाई लाग्दैन । किन भने हामीले धेरै वाटो विराईसक्यौ । जसले वाटो विराउँछ, त्यसले डण्ड पाएको नै विगत छ।’

वाटो विराएको विषय आम नेपालीको भन्दा पनि शासक नेपालीको कुरा भएको उनले वताए । ‘उनीहरु आत्मनिर्भर छैनन्– सोचाई र विचारका दृष्टिकोणले। आर्थिक दृष्टिले त हामी परिर्निर्भर नै छौ। मुख्य कुरा विचारका दृष्टिकोणले आत्मनिर्भर हुनु जरुरी छ । यो देशलाई कसरी वनाउने, छिमेकीहरुलाई कसरी थान्कोमा राख्ने। छिमेकीहरुको साथसहयोग कसरी सर्वोत्तम नेपाली जनताको पक्षमा अत्याधिक दोहन गर्ने । यो दृष्टिकोण चाहियो नी त। मैले चै यो नेपाली शासकहरुमा देखेको छैन’– केसीले भने ।

भारतको नाकावन्दिको समयमा प्रधानमन्त्रीले ‘चिनवाट रेल पनि ल्याउने तेल पनि ल्याईने’ भनेका थिए । तर, पछि भारतसँग ब्यपार सुरु भएपछि चिनतिरको ब्यापारलाई वेवास्ता गरेका कारणले चिन रिसाएको हो की के हो ? भन्ने जिज्ञासामा केसीले भने–‘प्रमको वोलिलाई लिएर त भन्न सक्दिन। तर, यहाँ मैले के सुने भने–भुकम्प आउँदा पारी ७० वटा गाडि लाम लागेर वसेका थिए। नेपालीहरुको उद्धारका लागि । नेपाल सरकार चै हप्ता दिन जति उदासिन वस्यो। र त्यो सहयोगलाई भित्र प्रवेश दिनवाट उसले ब्यवधान हाल्यो। त्यहाँ चै चाईना सरकार असन्तुष्ट भएको यहाँका जनतावाट जानकारी भयो । रेल र तेलको कुरा त केपी ओलीको चुनावी नारा रहेछ भन्ने कुरा अव सिद्ध भईसक्यो। राजनीतिमा जे भनिन्छ त्यो गरिदैन, जे गरिन्छ त्यो भनिदैन। भन्दा एउटा कुरा भनियो तर त्यस्तो गरिएन । किन भने त्यो भन्नका लागि मात्र भनिएको थियो, गर्नका लागि भनिएको थिएन । अव अहिले ब्यवहारमा के देखियो भने भने त्यो सवै स्टण्डवाजी रहेछ।’


‘चिनले नाकावन्द गरेर मानवता विरोधी काम गर्न मिल्छ त ?’ भन्ने प्रश्नमा केसी भन्छन्–‘चिन भनेको पेटपाला देश हैन, विश्व शक्तिको यात्रामा निस्किएको देश हो। हामीले मानेपनि नमाने पनि गत वर्षसम्म चिन आर्थिक रुपमा तेस्रो मुलुक हो। नम्वर एक अमेरीका र नम्वर २ जापान हो। २०३० मा चिन नम्वर एक मा जाने कुरा छ। त्यस्तो शक्ति राष्ट्र हाम्रो जस्तो अर्कासँग मागेर पेट पाल्ने देशसँग त तुलना नै हुदैन। त्यस्तो अवस्थामा हामीले स्वयमलाई कसरी ब्यवस्थित र चोखो निकाल्ने भन्ने सोच त हुनु पर्यो नी। चिन र भारत भन्ने कुरा होईन । हामी त स्वतन्त्र मुलुक हौ। न चिन न भारत। हाम्रो लागि भारत पनि मित्र राष्ट्र, चिन पनि मित्र राष्ट्र। यस्तो अवस्थामा चिनसँग जोडिएको क्षेत्रलाई चिनको आर्थिक क्षेत्रवाट लाभान्वित गर्ने र भारतसँग जोडिएको क्षेत्रलाई भारतवाट लाभान्वि गराउने। यस्तो हो नी त नीति हुनुपर्ने । कसरी यसलाई हामीले नै नेपालीको सर्वोत्तम हितमा प्रयोग गर्न सक्ने, हुनुपर्ने कुरा त यो हो नी त। यो दृष्टिकोण हाम्रा शासकमा छ की छैन भन्ने कुरा हो । हाम्रा लुते शासकहरुसँग यो छ भन्ने मलाई लाग्दैन । यहाँ त ८ कक्षा पढेको ब्यक्ति परराष्ट्र मन्त्री र ३ कक्षा पढेको ब्यक्ति अर्थमन्त्री वन्छ। यस्ता लठ्वाले कसरी देश वनाउन सक्छन् । यो भारत चिनको कुरा होइन नी। राईट म्यान राईट प्लेस त हामीले गर्नु पर्यो नी।’

‘रसुवाको तुलनामा यो वाटो अति नै राम्रो हो। सुगम अवस्था छ। सयौ कन्टेनर राख्ने ठाउँ पनि छ। नेपाल सरकारको पनि निकै खर्च भईसकेको छ। यस्तो अवस्थामा आवागमनलाई केरुङ्गतर्फ स्थानान्तरण गर्न खोज्नुको अर्थ के हो ?’ केसी भन्छन्–‘यो भनेको हिजोको अवस्था हो। हिजो यो सुगम स्थान थियो । यो राजाको सरकारको नीति थियो। अव चिन सरकारले यो विन्दुलाई केरुङ्गतिर लान खोजीरहेको छ। जुन विकटताको कुरा छ त्यो हिजोको कुरा हो। अहिले त सिगात्सेसम्म रेल आईसक्यो। यसलाई धेरै चाँडो केरुङ्ग ल्याउन खोज्दैछ। त्यसलाई अगाडि वढाउनका लागि उ यहाँवाट डाइभर्ट हुन खोज्दैछ। यो चाईनका पोजिसन हो। हाम्रो के हो त, हामी के चाहान्छौं ? यो क्षेत्रलाई हामी कस्तो राख्न चाहान्छौं । यसको अनुहारवाट हामीले के देख्यौ भने–हामी लाचार छौं । हामीसँग नीति नै छैन भन्ने देखियो। यो कोदारी राजमार्ग भनेको अरवौ होईन खरावौ राजश्व संकलन भएको ठाउँ हो। जुन गाईले दुध दियो, त्यसैवाट छोराछोरीको भरणपोषण गराउनु भयो । तर, त्यहि गाईलाई थारो राख्नु हुन्छ र भोकै राख्नु हुन्छ भने के दुहुनु हुन्छ  त ?’

अहिले कोदारी राजमार्ग रुपी गाईलाई घास नहाल्ने तर दुहुन मात्रै खोज्ने प्रवृत्तिले समस्या आएको केसीले वताए । ‘नेपाल सरकारको कोदारी राजमार्गलाई सुदृढ गर्ने नीति रैनछ भन्ने मैले पाए । चाईना सरकार यताको केन्द्रलाई उता डाइभर्ट गर्न खोजीरहेको छ। अव यहाँका जनप्रतिनिधि के हेरेर वसेका छन् । यहाँको राजनीतिले यसलाई के वुझेर वसेको छ । यसले हिजो जुन लाभ दिईराखेको थियो, त्यो लाभा नदिएवाट यहाँका वृहत्तर जनतालाई पर्ने असरका विषयमा यहाँको नेतृत्व÷राष्ट्रिय नेतृत्व के भन्छ के वुझछ त ?’ उनले भने–‘मैले सुनेसम्म चिन सरकारले यसमा केहि गर्ने, सडक स्तरोन्नतीमा काम गर्ने, शिक्षामा पनि काम गर्ने प्रस्ताव पठायो। भुकम्पको वेलामा सहयोग गर्न खोज्दा पनि प्रवेश गर्न नदिएपछि चिन सरकार उदासिन छ भन्ने कुरा स्थानीयहरुको कुरा छ। यो कति सत्य छ त्यो चै अहिले यसै भन्न सकिन्न। हामी आधिकारीक मान्छे होईनौं ।’

ब्यापारनै वन्द गरेर पेटमा लात हान्नु चै गलत भएको उनले वताए । ‘त्यसमा दुई मत नै भएन। अहिले चै कोरोनालाई जोडेर कडाई गरिएको भन्ने सुन्छु। मलाई लाग्छ, कोरोनाका कारण मात्रै यो भईरहेको छैन। आवागमन रसुवातिर डाइभर्ट गर्न चाहान्छन– भन्ने जस्तो मलाई लाग्छ।  किन भने उसको पनि ब्यापारीक स्वार्थ त गासिन्छ नी त। हाम्रो मात्रै पेटमा लात त जाँदैन। यो क्षेत्रमा त खरवौको ब्यापार हुन्छनी त। किन उनीहरुले चै रोकिरखोका छन् त?’ उनले भने–‘नेपाल सरकारको लाचारी मात्रै हो की, चिनीयाँ सरकारको कुनै आसय पनि छ। मैले देख्दा खेरी नेपाल सरकारकै कमजोरी छ भन्ने मलाई लाग्छ।’

केसी भन्छन्–‘यसमा दुवै देशको नीति स्पष्ट हुनुपर्छ । चाँडो भन्दा चाँडो नीति स्पष्ट पारेर नाका खुल्ला गर्नुपर्छ। यहाँका मानिसहरु आर्थिक कारणले मानिसक रुपमा विछिप्त भईसके। जिवन यापनको आधार नै समाप्त भएपछि त वाँकी के रह्यो र ? जनजिवन सुचारु गर्नका लागि यो गर्नु जरुरी छ ।’

राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीसँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईँले सिन्धुपाल्चोकको लिपिङ्ग पुगेर गरेको कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला। 

यो पनि

यस कारण चीनियाँ नाकाबाट समान ल्याउन चाहाँदैनन् ब्यापारी

नेपाली नागरिक माथि चीनियाँ प्रहरीको अत्याचार, निर्मम कुटपिट

चाईना ब्यापारः रसुवा भन्दा तातोपानी सुगम, तर चीनियाँ शासकको सन्कीले ब्यापारीको बिचल्ली

चीनियाँ नाकाबन्दीले सीमाका जनताले आफन्त भेट्न पनि पाएनन्

मदिराले लट्ठ भएर नेपालीलाई थर्काउछन चीनियाँ प्रहरी

महङ्गियो मेड इन चाइना : दलालको दादागिरी, २४ किलोमिटर सामान ओसारेको १२ लाख

नेपाली भुमिमा ड्रोन उडाउँछन चीनियाँ लालसेना

चाईना ब्यापारः कहिले बन्ला सिमासम्म राम्रो बाटो ?

चीनमा नेपाली ब्यापारीको सुरक्षा भएन, आफनै सामान ल्याउन दलाललाई घुस

चीनको वदमासीः ३ सय कन्टेनर आउने नाकामा ३ वटा कन्टेनर मात्रै जाँचपास

नेपालीसँगको सम्वन्ध छुटाउँन चीनले खासाको वस्ती नै उठायो

चीनियाँ नाकामा सास्तीः चिनियाँहरुलाई घुस नदिए सामान पठाउँदैनन्

चीनको अघोषित नाकावन्दीका कारण तातोपानी नाका सुनसान, सामान आयात निर्यातमा अवरोध

मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ

‘चाईना नाकावन्दी’को असर : रसुवामा सर्वसाधारणको विचल्ली, ६ सय श्रमिक विस्थापित

एमसिसी मार्फत अमेरिकी प्रभाव बढ्ने देखेपछि नेपालमा चिनियाँ नाकाबन्दी

सिन्धुपाल्चोक तातोपानी अघोषित युद्ध नाकावन्दी

विशेष