भारतको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा अन्तरक्रिया
भारतको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय राजदूतावासले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सोनाम वाङचुक र कनकमणि दिक्षित मुख्य वक्ताका रुपमा थिए। आफ्ना अग्रगामी कार्यबाट लद्दाख लगायतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सोनाम वाङचुक इन्जिनियर, इनोभेटर, सामाज सुधारक र शिक्षा क्षेत्रका अगुवाका रुपमा परिचित छन्।
त्यस्तै, कनकमणि दीक्षित एक सफल लेखक, प्रकाशक तथा सम्पादकका रुपमा परिचित छन् ।
अन्तरक्रिया कार्यक्रममा शिक्षा, नवीन सोच तथा हिमालय क्षेत्रमा दिगोपना लगायतका विषयमाथि चर्चा गरिएको थियो । भारत आफ्नो स्वतन्त्रताको ७५औँ वर्षमा प्रवेश गरेको अवसरमा अनुभवबाट सिक्नुपर्ने विषयमा पनि चर्चा भएको थियो ।