प्रदेश प्रमुखव्दारा प्रदेश सभाको बैठक आहवान

जनकपुरधाम
प्रदेश नं–२ का प्रदेश प्रमुख डा राजेश अहिराजले यही चैत ३० गते दिनको १ बजे प्रदेशसभाको पाँचो अधिवेशनको आह्वान गरेका छन ।
मन्त्रिपरिषदले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख डा अहिराजद्वारा अधिवेशनको आह्वान भएको प्रदेश कार्यालयका सचिव ध्रुव गैडाले जानकारी दिए । प्रदेश नम्बर २ मा दुई पार्टी राजपा नेपाल र सपा नेपाल बिचमा एकिकरण भएपनि उनिहरु प्रदेश नम्बर २ मा छुटटा छुटटै अस्तीत्वमा रहेका छन । दुवै पार्टीका नेताहरुले सुविधा समेत लिईरहेका छन । जनता समाजवादी पार्टी बिचमा देखिएको किचलोको कारणले प्रदेश सभा करिब पांच महिना देखि अवरुद्ध रहेको छ ।