३५ दिन भित्र अदालतमा हाजिर हुन सिके राउतलाई सूचना

जनकपुरधाम
सरकारसंग वार्ता गरेर मुलधारको राजनितिमा प्रवेश गरेका डा. सिके राउतलाई ३५ दिन भित्र अदालतमा उपस्थिति हुन सुचना जारी गरिएको छ । विखण्डनको अभियान लिएर अगाडि बढेका राउत सरकारसंग वार्ता गरेर जनमत पार्टी गठन गरेर मुलधारको राजनितिमा फर्केका छन ।
डा. राउतलाई पक्राउ पूर्जी जारी गरिएकोमा घरद्वारा पत्ता नलागेको भन्दै जिल्ला अदालत नवलपरासीले बकाटोको म्यादबाहेक ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना जारी गरेको हो ।
गोरखापत्रमा प्रकाशित सूचनाअनुसार उनलाई ३५ दिनभित्र सबुत प्रमाणसहित जिल्ला अदालतलमा हाजिर हुन भनिएको छ । तोकिएको अवधिमा हाजिर नभए कानुनबमोजिम हुने समेत सूचनामा उल्लेख छ । उनीविरुद्ध राज्यविरुद्धको संगठित अपराधको मुद्दा छ । देश टुक्राउनको लागि स्वातन्त्र मधेस गठबन्धनमा पृथकतावादी गतिविधि संचालन गरिदै आएका थिए । उनले सो अभियान छाडेर जनमत पार्टी मार्फत मुलधारको राजनिति गर्दै आएका छन ।