चीनियाँ सेनाले कतातिर फर्किएर खोक्यो ? त्यसका आधारमा मुलुकको सम्बन्ध स्थापित हुँदैनः नेता भट्टराई [भिडियो अन्तरवार्ता]
नेकपा एमालेका नेता निर्मल भट्टराईले सर्वोच्च अदालतको आदेशले दुई पार्टी (नेकपा एमाले र माओवादी केन्द्र) पुरानै अवस्थामा फर्किपछि संसदको गणितमा केहि फरक परेपनि त्यति ठुलो कुरा नभएको वताएका छन् ।
नेपाल आजसँगको विशेष कुराकानीका क्रममा नेता भट्टराईले माओवादी केन्द्रले समर्थन फिर्ता लिए सरकार अर्को वन्ने होकी ? भन्ने अन्यौलता चाहीँ रहेको वताए। उनले अन्य दलहरु मिलेर सरकार वनाउने तथा सरकारमा भएको पार्टीले आफनै सरकारलाई निरन्तरता दिन प्रयास गर्ने कुरालाई सामान्य रुपमा लिनुपर्ने वताए ।
पार्टीको अस्तीत्व रहेसम्म सरकार बन्नु र हटनु संसदको समान्य प्रक्रिया भएको वताएका उनले ती प्रक्रियालाई उथलपुथलको रुपमा ब्याख्या गरिहाल्न नमिल्ने वताए ।
प्रधानमन्त्रीको कुर्षीका लागि हतार–हतार माओवादी केन्द्र र नेकपा एमाले एकता भएकाले अहिलेको अवस्था आएको हो नी ? भन्ने प्रश्नमा भट्टराईले कुर्षीकै लागि मात्रै त्यसो नभएको वताए । एमालेका लागि चुनाव जित्न कसैको सहयोगको आवश्यक्ता त्यतिवेलै पनि नभएको वताएका उनले ०७४ को स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेस र तत्कालिन माओवादी केन्द्रबिचमा तालमेल हुँदा पनि एमाले एक्लैले बहुमत जितेको स्मरण गराए । ‘त्यसकारणले एमालेलाई चुनाव जित्न कसैको वैशाखीको आवश्यकता थिएन। दुई पार्टी मिल्दा समेत राम्रो नतिजा ल्याउन नसकेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग एकताको हात फैलाएका हुन। भिन्न विचार भएका पार्टी छोटो अवधिमा मिले, त्यो चै शंकाको विषय थियो । त्यो बेलामा नै हामीले त्यो मिलनलाई शंकाका घेरामा राखेका थियौं’– उनले भने।
वैचारिक कुरालाई मन्थन नगरी एकता गरिनुनै गम्भीर गल्ती भएको स्विकारेका भट्टराईले विचारलाई वेवास्ता गरेर एकता गर्नु नै त्रुटी भएको वताए । ‘पार्टी गठनबन्धनमा गयो। पछि एकताको चरणमा पुग्यो। गठवन्धनवाट चुनाव जितिसकेपछि पनि प्रचण्डले काग्रेससँग मिल्दा प्रधानमन्त्री बनिहाल्छु की भनेर निकै मेहनत गरेकै हुन्। गठवन्धन टुटाउन पनि प्रयास गर्नु भएको हो’ उनले भने–‘ओलीले अव त्यता नजानोस पछि प्रधानमन्त्री वनाउँला भनेपछि अडिएका हुन्। पछि, प्रचण्डले नै ओलीलाई ‘तपाई नै पाँच वर्षको प्रधानमन्त्री’ भनेको त हो नी।’
पछिल्लो चरणमा केपी ओलीले सबैलाई डोजर लगाउनु भया नी त ? भन्ने जिज्ञासामा भट्टराईले नेताले गरेको कृयाकलापलाई डोजर लगाएको रुपमा वुझन नहुने वताए । ‘प्रधानमन्त्री केपी शर्मा ओली समकालिन इतिहाँसमा धेरै नेताले समर्थन गरेको शक्तिशाली नेताहो। नेताले चालेका मुभहरुले अरुलाई कहीँ असजिलो भयो भने त्यसलाई डोजर चलाएको भन्न मिल्दैन’ उनले थपे–‘पार्टी भित्र पनि वहाँ वहुमतमा हुनुहुन्थ्यो। एकता भईसकेपछि प्रचण्ड र माधव नेपाल मिल्दाखेरी त्यतातिर अलि वढि मान्छेहरु हो की जस्तो देखिन्थ्यो। तर सर्वोच्चको फैसलापछि एमालेको वहुमतमा हुनुहुन्छ। यतिवेला माधव समुहमा रहेका पनि हरेक दिन एक जना–दुई जना गरेर फर्किदै गईरहेका छन्।’
केपी ओलीसँग धेरै जना असन्तुष्ट हुनुहुन्छ नी भन्ने जिज्ञासामा उनले केहि मान्छे असन्तुष्ट हुनुलाई धेरै भन्न नमिल्ने वताए । माधवकुमार नेपालको पक्षमा लागेर चुनाव लडेकाहरुसँग केही असन्तुष्टि हुनु स्वभाविक रहेको उनले वताए । महाधिवेसनमा पार्टी गएका कारणले अध्यक्ष र महासचिव बाहेकका पद खारिज गरिएको स्पष्ट पारेका उनले महाधिवेसन आयोजक समितिमा पद नरहने बताए । नेकपा एमाले कुनै पनि हालतमा नफुटने बताउदै उनले ईतिहास मै कहिले नभएको एकता पार्टीमा हुने दावि गरे ।
प्रधानमन्त्री केपी ओलीले यो व्यवस्था र संविधान नै खारेज गर्न लागेको आम जनताको वुझाई छ नी भन्दा ‘ति कुरा भनेका माथि चिल आयो भन्ने हल्ला चलाएर, चल्ला टिप्ने दाउ मात्रै हो’ हो भने।
एमालेतर्फका कार्यकर्ता प्रचण्डलाई नेता मान्न तयार भएनन्
नेकपाभित्र प्रचण्ड–माधवले छुट्टै वोर्ड राखेर पार्टी फुटाउन खोज्दा पनि एमाले समर्थकले प्रचण्डलाई नेता स्विकार गर्न नमानेको उनको दावी छ । प्रचण्ड–माधवको भेलामा भएको छलफलमा १० वटै समुहले प्रचण्डलाई कुनैपनि हालतमा नेता मान्न नसकिने भनेको उनले खुलासा गरे। असन्तुष्ट पक्षको भेलामा समेत पार्टी फुटाउनु हुदैनन भन्ने पक्षमा नै सवै देखिएको भटटराईले बताए । ‘सबैको धारणा एउटै थियो– पार्टी फुटाउनु हुदैन’ उनले थपे–‘माधव नेपालको भेलामा समेत एक जना पनि कार्यकर्ताले पार्टी फुटाएर जानु पर्छ भन्ने कथन आएन।’
माधव नेपालले कार्यकर्ताहरुको नाडी छाम्नकै लागि नै कार्यकर्ता भेला वोलाएको वताएका उनले ‘पार्टीमा बस्न सकिन्न, पार्टी फुटार जाउँ भन्ने भगीरथ प्रयत्न’ गर्दा पनि त्यो सम्भव नभएको भट्टराईको कथन थियो ।
केपी ओली अन्तराष्ट्रि शक्ति केन्द्रको आडमा धेरै वोलिरहेको र ‘रअ’ प्रमुखसँग लुकिलुकी भेटेको विषयमा भट्टराईले त्यो दुई देशको सम्बन्धको कुरा भएकाले आवश्यकताको आधारमा भेटनु कुनै गलत नभएको बताए । कुनै नेताको विरुद्धमा वोल्नु पर्दा ‘भारत परस्त’ भनेर आरोप लगाई दिने चलन रहेको वताएका उनले ‘भारतले मिचेको जग्गा आफनो राजनीतिक नक्सामा सामेल गरेर संसदबाट पारित गराउनु पनि भारतको इसारामा भएको हो त ?’ भन्दै उनले प्रश्न गरे । त्यसकारण कोसँग भेट्छ भन्दा पनि देशको सार्वभौमिकता जोगाएर अगाडि बढनु महत्वपुर्ण भएको उनले वताए ।
चिनियाँ खोप किन आएन त ? भन्ने प्रश्नमा उनले त्यो प्रकृयामा रहेको वताए । प्रचण्डलाई ओलीसँग साह्रै रिस उठेको कारणले जुन बेला पनि ‘भारतले ओलीलाई पालेको छ’ जस्ता कुरा गर्दै हिड्ने गरेको भन्दै उनले ति कुरा सर्वथा गलत भएको वताए ।
चीन तर्फका नाकामा देखिएको समस्याका विषयमा वोल्दै उनले ओलीसँंग रिसाएरका कारण चीनले नाका बन्द नगरेको वताए । नाका भोगौलिक अवस्थासँग जोडिएको विषय भएकोले त्यसलालाई अर्को अर्थ लगाउन नहुने उनको भनाई छ। ‘नाकामा हुने गतिवधिले नेपाल–भारत र चिनको सबन्धनको कुरा निर्धारण गर्दैन’ उनले भने–‘नाकामा चीनियाँ सेनाले कतातिर फर्किएर खोक्यो त्यसको आधारमा नेपाल र चिनको सम्बन्ध स्थापित हुदैन।’
भट्टराईले नेपाल र भारतबिचमा संतुलित सम्बन्ध बनाएर अगाडि बढनुपर्ने आवश्यकता रहेको बताए।
नेकपा एमालेका नेता निर्मल भट्टराईसँग नेपाल आजका लागि प्रस्तोता माधव गुरागाईँले गरेको कुराकानीको भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नु होला।
निर्मल भट्टराई नेकपा एमाले माओवादी केन्द्र चीनियाँ सेना