मुस्लीम समुदायलाई शिक्षाको मुलधारमा ल्याउ : मुख्यमन्त्री राउत

मुस्लीम समुदायलाई शिक्षाको मुलधारमा ल्याउ : मुख्यमन्त्री राउत


जनकपुरधाम
मुख्यमन्त्री लालबाबु राउतले मुस्लीम समुदायले आफनो बालबालिकाहरुलाई शिक्षाको मुलधारमा ल्याउनुपर्ने आवश्यतामा जोड दिएका छन । उनले शिक्षाको मुलधारमा ल्याएको खण्डमा मात्रै उनिहरुको विकास सम्भव रहेको बताए । 
महोत्तरीको मनरासिशवा नगरपालिका–८ कटैयामा मंगलबारदेखि शुरु भएको जलसा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले अभिभावकहरुबाट बालबालिकालाई विद्यालय पठाउने प्रतिबद्धता समेत गराए ।
सानै उमेरमा काममा लगाउँदा मुस्लिम समुदायका बालबालिका शिक्षाबाट बञ्चित हुनुपरेको उनको तर्क थियो । 
प्रदेश सरकारले मुस्लिमहरुको लागि पनि आरक्षणको व्यवस्था गरेको हुनाले बालबालिकालाई शिक्षित बनाउनुपर्नेमा मुख्यमन्त्री राउतले जोड दिए । 
मुख्यमन्त्री राउतले शिक्षित भए मात्रै आरक्षणको लाभ लिन सक्ने भएकोले अभिभावकहरुलाई समेत यसमा गंभिर हुनको लागि आग्रह गरे ।
सो अवसरमा मनराशिसवा नगरपालिकाका मेयर संजय सिंह, जनकपुरका पूर्व उपमेयर एवम् मुस्लिम अगुवा असगर अली लगायतले शुभकामना मन्तव्य राख्दै शिक्षामा जोड दिन आग्रह गरे ।
 

जनकपुरधाम लालबाबु राउत मुस्लीम समुदाय

संम्बधित खबर

विशेष