जलेश्वर नगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन,नगर दुर्गन्धीत

जलेश्वर नगरपालिकाले फोहर व्यवस्थापन गर्न सकेन,नगर दुर्गन्धीत


जलेश्वर
महोत्तरीको सदरमुकाम जलेश्वरको सरसफाईको लागि नगरपालिकाले वर्षेनी करोडौ रकम विनियोजन गरेपनि यहाको अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको छ । बजार क्षेत्रमा दैनिक उत्पादन हुने फोहर तथा सडक र नालीको उचित व्यवस्थापन नहुदा सदरमुकाम दुरगन्धीत बनेको छ । स्थानियवासीहरुका अनुसार जलेश्वरको नगरपालिकाको अधिकांस नालाहरु जाम भएको कारणले गदा अलिगति पनि वर्ष भयो भने नालामा पानी जम्ने समस्या देखिएको छ । 
नालामा पानी जम्ने गरिएको कारणले गर्दा नालाको पानी दुरगन्धीत बन्ने र फोहर आउने समस्या देखिएको छ । फोहरको उचित व्यवस्थापनमा ध्यान दिइएको कारणले गर्दा बिरामीहरुको समेत खतरा निकै बढि देखिएको छ । स्थानियका अनुसार नगरपालिकाको चरम लापवाहीको कारणले समस्या जटिल रहेको छ । 
जिल्लाका प्रमख सरकारी कार्यालय जलेश्वरमै छन तर सरकारी कार्यालयको आसपासमा नै फोहरको डगुर हुदा सेवाग्राही दुरगन्धीत र त्यसले पार्ने असरबाट हैरान छन । स्थानिय सामाजिक अगुवा सुरेश साहका अनुसार नगरपालिकाले जनशक्तिको उचित व्यवस्थापन गर्न नसकेको कारणले गर्दा नै समस्या आएको बताए । उनले नगरपालिकामा गम्भीरता नदेखिएको कारणले गर्दा समस्या देखिएको छ । उनले नगरपालिकाको १ देखि १२ वडा सम्म रहेको र यसको सरफाईमा ध्यान नदिएको कारणले समस्या आएको बताए । उनले तत्तकाल यसको उचित व्यवस्थापनको आभाव देखिएको छ । 
नगरपालिकाले अहिले सम्म जलेश्वरको फोहर व्यवस्थापन गर्न कुनै भुमिका नखेलेको स्थानियको आरोप छ । बजार क्षेत्रका सबै ढल डम्पींग साईट जस्तै बनेका छन । जथाभावि फालिएको फोहरले ढल जाम हुदा फुटेर विभिन्न ठाउमा सडक पानी भरि देखिन्छ ।जलेश्वर नगरपालिका वडा नम्बर २ का अध्यक्ष बरुण दाहालले सरसफाईमा सदस्य देखिएको र केही मेस्तरहरुको कारणले गर्दा नै यस्तो समस्या देखिएको छ । जिल्ला अदालत,जिल्ला कारागार,प्रहरी कार्यालय लगायत सरकारी कार्यालयको आसपासमै फोहरको डंगुर छ । कार्यालयको अगाडि पछाडि ढल निकास नहुदा र उत्पादित फोहरको उचित व्यवस्थापन नुहदा रोग फैलिने जोखिम उत्तिकै छ । चिकित्सक रविन्द्र चौधरीले अधिकांस रोगहरु फोहर मैलाको कारणले समेत हुने गरिएको छ । त्यसकारणले फोहरको उचित व्यवस्था गर्दा रोगको जोखिमबाट जोगिन सकिन्छ । नगरपालिकाले फोहर व्यवस्थापन को कार्य गरिरहेको दावि गरेपनि सरसफाईको अवस्था झन कमजोर बन्दै गएको छ । विसं २०२९ मा नै स्थापना भएको नगरपालिकाले अहिलेसम्म नगरको फोहरसमेत उचित व्यवस्थापन गर्न सकेको छैन । अन्य विकासको गति त झनै पछाडि रहेको स्थानीयवासीको आरोप छ । नगरपालिकालाई पटकपटक फोहर हटाउन आग्रह गर्र्दै आउँदा पनि सुनुवाई नभएको स्थानीयवासी गुनासो छ ।  
बजार क्षेत्रका ढल बजारबासीको फोहर फाल्ने डम्पिङ साइडजस्तै बनेका छ ।  ढलमा खानेपानीका बोतल, प्लास्टिकलगायतका फोहरका डङ्गुरले ढल पूर्णरूपमा बन्द भएका छन् । नगरपालिकाले  दैनिक फोहर सङ्कलन गरेर बजारलाई सफा बनाउने काम गर्दै आएको  वडा नं २ का वडाध्यक्ष वरुण दाहालले बताए । तराई–मधेसकै सबैभन्दा पुरानो सदरमुकाम मध्येको एक रहेको जलेश्वर अझै पनि चौतर्फी समुचित विकासको पर्खाइमा रहेको नागरिक समाजका अगुवा विजयकुमार गुप्ताको भनाइ छ । उनका अनुसार जलेश्वरकै विकासको नाममा बर्सेनि करोडौँ रकम विनियोजन हुँदै आए पनि यहाँ विकासको अनुभूति हुन सकेको छैन । जिल्लामा १५ स्थानीय तह कायम भए पनि जिल्लास्तरीय प्रमुख सरकारी कार्यालय सदरमुकाममै छन् । ती सरकारी कार्यालयकै आसपासमा फोहरको डंगुर देखिएको स्थानीयवासी लक्ष्मीकुमार साहले बताए । उनले जलेश्वरवासी २४सै घण्टा फोहरमा बस्न बाध्य भएको र नाकमुख थुनेर हिँड्नु परेको गुनासो गरे ।

फोहर जलेश्वर दुर्गन्धीत

संम्बधित खबर

विशेष