News

भोजपुरमा माधव पक्षले वनायो सामानान्तर कमिटी

भोजपुरमा माधव पक्षले वनायो सामानान्तर कमिटी

नेकपा एमाले माधव पक्षधरका स्थायी कमिटी सदस्यहरूको बैठकले देशभर समानान्तर कमिटी वनाउने निर्णय गरेकै दिन भोजपुरमा माधव पक्षको जिल्ला कमिटी गठन भएको छ ।

शरणकुमार राईको अध्यक्षतामा १७५ सदस्यीय समानान्तर कमिटी बनाइएको जनाईएको छ । उपाध्यक्षमा विष्णुबहादुर राउत, सचिवमा वीरजंग राई र उपसचिवमा इन्दिरा घलेलाई चयन गरिएको छ । पार्टीको विस्तारित बैठक राखेर कमिटि गठन गरिएको हो ।

बैठकमा बेदुराम भुसाल, पर्शुनेगी गुरुङ, जयन्ती राई, राजेन्द्र राई र हरिबहादुर राईलगायतका नेताहरू उपस्थित थिए । 

विशेष