देउवालाई प्रचण्डले भने– ओलीको विकल्प खोज्न ढिलाइ भयो
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच मंगलवार भेटवार्ता भएको छ ।
देउवा निवास बुढानिलकण्ठमा भएको भेटमा प्रचण्डले ओलीको विकल्प खोज्न ढिलाइ भइसकेको देउवालाई बताए। प्रचण्डले देउवासँग यसअघि पनि वैकल्पिक सरकार निर्माणका लागि अग्रसरता लिन आग्रह गर्दै आएका छन्।
भेटमा राजनीतिक घटनाक्रम, संसद अधिवेशन, वैकल्पिक सरकार निर्माणलगायतका विषयमा छलफल भएको थियो। देउवाले माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीले स्पस्ट निर्णय गरेपछि मात्र कांग्रेसले अग्रसरता लिनसक्ने बताएका थिए।
सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेको एक महिना वितिसक्दा पनि संसदमा न वैकल्पिक सरकार निर्माणका लागि गठबन्धन तयार हुन सकेको छैन।