आज देखि चार दिन विद्यालय बन्द

काठमाडौ
राजधानीमा प्रदुषण बढेपछि आज देखि चार दिनको लागि विद्यालय बन्द गरिएको छ । मौसम विभागले केही दिन सम्म राजधानीमा प्रदुषण यथावत रहने जानकारी सार्वजनिक गरेपनि विद्यालय बन्द गरिएको हो ।
प्रदुषणले मानव स्वास्थ्यमा समस्या सृजना गरेपछि बालबालिका उच्च जोखिममा रहेका छन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर गर्ने भन्दै देशभरका विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको हो ।मंगलबारदेखि बन्द भएका विद्यालय अब आइतबार मात्रै खुल्नेछन् । पछिल्ला दिनमा प्रदूषण घट्दै गएका बेला सरकारले संविधान विपरित विद्यालय बन्द गरिदिएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबारदेखि उपत्यका बाहिरको प्रदूषण न्युन हुँदै गएको छ ।
पूर्व र पश्चिमका जिल्लामा प्रदूषणको मात्रा धेरै घटेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकामा प्रदूषणको चाप धेरै भएकाले मौसम धुम्म देखिएपनि उपत्यका बाहिरको प्रदूषण न्युन रहेको मौसमविद गंगा नगरकोटीले जानकारी दिइन् । जल तथा मौसम विभागले आगामी तीन दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकाले तुवाँलोको यस विषम मौसमी अवस्थामा तत्काल सुधार हुने नदेखिएको जनाएको छ । मनसुनपूर्वको सोमबारसम्म पनि ज्यादै न्यून वर्षा भई वायुमण्डल सुक्खा भइरहेको अवस्थामा देशका विभिन्न ठाउँमा तुवाँलो लाग्नु सामान्य भए पनि यही चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो लागेको विभागले उल्लेख गरेको छ ।