माओवादी केन्द्र पुनरावलोकनको लागि अदालत जादै

माओवादी केन्द्र पुनरावलोकनको लागि अदालत जादै


काठमाडौं 
सर्वोच्च अदालतले विद्यालयमा नेकपा एमाले र माओवादी केन्द्र बिचमा भएको एकता भएर बनेको नेकपा खारेज गरेपछि त्यसको पुनरावलोकनको लागि माओवादी केन्द्र अदालत जाने भएको छ । पुनरावकलोन निवेदन आज अदालतमा दर्ता गराउने भएको छ । स्रोतका अनुसार आज बिहान ११ बजे माओवादी केन्द्र सर्वोच्च अदालत पुग्दैछ । माओवादी नेता लिलामणि पोखरेलका अनुसार नेकपा खारेज गरेर एमाले र माओवादी ब्युताउने आदेशविरुद्ध पुनरावलोकनका लागि रिट दर्ता गरेर एकताका लागि प्रयास जारी राख्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले यसअघि नै निर्णय गरेको थियो । नेकपा एमालेले नेकपा नेता माधवकुमार नेपाल र भिम रावललाई कारवाही गरेपछि पार्टी भित्र किचलो सुरु भएको अवस्थामा सर्वोच्चमा पुनरावलोकनको लागि जादै  छ ।  
एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता नेपाल र भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि दाहाल नेकपाको एकता जोगाउन सक्रिय भएका हुन् । यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको नेकपाका अध्यक्ष ऋषि कट्टेलले ओली र दाहाल अध्यक्ष रहेको नेकपाविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएका थिए ।
फागुन २३ गते सर्वोच्चले कट्टेलको रिटमाथि सुनुवाई गर्दै ओली र दाहाल अध्यक्ष रहेको नेकपा खारेज गरेर एमाले र माओवादी केन्द्र अस्तित्वमा रहेको आदेश जारी गरेको थियो । 
कानुन व्यवसायीहरुको सुझावअनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको थियो । फैसला लगत्तै बसेको स्थायी समिति र केन्द्रीय समिति बैठकमार्फत निर्णय नै गरेर पुनरावलोकनमा जाने बताएको सो पार्टी फैसला आएको तीन साता बित्दा समेत जान सकेको थिएन ।
 

काठमाडौं सर्वोच्च अदालत माओवादी केन्द्र

संम्बधित खबर

विशेष