उद्योगको दुर्गन्धनले हरिवनवासी आक्रान्त

उद्योगको दुर्गन्धनले हरिवनवासी आक्रान्त


जनकपुरधाम
सर्लाहीको हरिवन स्थीत ईन्दु शंकर चिनी उद्योग र अमरावति डिष्टलरीबाट निकस्ने दुगन्धले गाउ नै दुर्गन्धीत बनेको छ । दुर्गन्धको कारण मानव वस्ती आक्रान्त बनेको छ भने सडकमा हिडन समेत मुस्कील भएको छ ।

चिनी उद्योग पछाडि रहेको डिष्टलरीबाट बग्ने झोलिलो पदार्थले गाउ नै दुर्गन्धीत बनेको छ । मानव स्वास्थ्यको लागि घातक धुंवा धुलो र दुर्गन्ध नगर भरि फैलिदा सर्वसधारणहरु नाक मुख छोपर हिडन बाध्य छन । दुर्गन्धबाट यहाको मानिसलाई घरबाट बाहिर निस्कन समेत समस्या परेको छ । दुर्गन्धले स्वास्थ्य व्यक्ति बिरामी अवस्था आएको छ भने दिर्घ रोगिहरु थप मारमा परेका छन । नगर भरि फैलिएको दुर्गन्धनका कारण मानव वस्ती आक्रान्त हुदा समेत स्थानिय सरकार मौन छ ।दुर्गन्धनको कारणले मानवलाई सांस फेर्न समेत समस्या भएपछि स्थानियवासीहरु निकै आक्रासित बनेका छन । स्थानियवासीहरुले विभिन्न निकायहरुमा आफनो समस्यालाई लिएर ध्यानाकर्षण समेत गराएका छन । तर यस विषयमा कसैले चासो लिएको देखिदैनन । हरिवन नगरपालिकाका स्थानियवासी ईन्द्रबहादुर बाइवाले सरोकारावाला निकायलाई ध्यानाकर्षण गराउदा समेत कुनै चासो नलिएको उनिहरुको कथन रहेका छ । प्टक पटक सरोकाराला निकायलाई ध्यानाष्र्कण गराइएको छ ।

तर कसैले पनि चासो नलिएको उनको कथन रहेको छ । स्थानिय अञ्जना कडरियाले समेत आफुहरुलाई दुर्गन्धको कारणले निकै समस्या भएको बताएका छन । धुलो धुवांले आक्रान्त भएपछि गत वर्ष समेत स्थानियवासीहरुले आन्दोलन गरेका थिए । तर यसको सुनवाई भएन । आन्दोलनको कारणले समस्या आउने गरिएपनि समस्या भने जस्ताको त्यस्तै देखिएको छ । तत्काल सरोकारवाला निकायको ध्यान भने यस तर्फ जानुपर्ने स्थानियवासीहरुको कथन रहेको छ । 
वर्षेनी दुर्गन्धनले आजित बन्दा समेत स्थानियवासीहरुको कुनै सुनवाई भएको देखिएको छ । स्थानिय सुरेश भटटराईका अनुसार रहेक वर्षको समस्या नै रहेको छ । तर कसैले सुनवाई गरेको देखिदैनन । स्थानिय स्तरको समयालाई समाधान गर्ने दायित्व स्थानिय सरकारको रहेको छ । तर स्थानिय सरकार समेत मौन बनेको छ । 
 

संम्बधित खबर

विशेष