News

नेपाल पक्षधर कार्यकर्ताहरु आन्तरिक छलफलमा जुटे

नेपाल पक्षधर कार्यकर्ताहरु आन्तरिक छलफलमा जुटे


कठमाडौं
नेकपा एमालेले आफनो दुई जना नेतालाई कारवाही गरेपछि अहिले पार्टी भित्र विवाद तिव्र भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि  असंतुष्ट पक्षहरुहरु आ आफनो पक्षका नेताहरुसंग छलफल सुरु गरेका छन । नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् ।पार्टीले कारावही गरेपनि र थप नेताहरुमाथि समेत कारवाहीको सम्भावना रहेकोले नेपाल पक्षका नेता कार्यकर्ता आन्तरिक छलफलमा जुटेका छन । नेपाल पक्षले विभिन्न स्थानमा समानान्तर समिति र भेला गर्न थालेपछि नेकपा एमालेका अध्यक्ष ओली पक्षले नेपाललाई कारवाही गरिनुपर्ने दवाव दिददै आएका थिए । सोही आधार उहामाथि अनुशासनको कारवाही गरिएको छ ।
उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन ।
अनुशासन विपरीत गतिविधि गरेको भन्दै ओलीले नेपाल र रावललाई ६ महिनाका लागि पार्टीबाट निलम्वनको निर्णय गरेका छन् ।
एमाले अध्यक्ष ओलीको कदमको प्रतिवाद गर्दै आएको झलनाथ खनाल र माधव नेपाल पक्षले यसअघि नै समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको छ । साथै नेपालले ओलीको निर्णयलाई स्वेच्छाचारी भन्दै प्रतिवादमा उत्रिन पनि कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।
 

नेकपा एमाले केपी शर्मा ओली

विशेष