News राजनीति

नेता नेपाल भन्छन्– कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्याउँछौंं

नेता नेपाल भन्छन्– कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्याउँछौंं

नेपाल कम्युनिस्ट पार्टी एमालेका निलम्बित नेता माधवकुमार नेपालले आफु सामाजिक न्यायसहितको आर्थिक रूपान्तरणको पक्षमा रहेको वताएका छन्। उनले कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाइमा पुर्याउन चाहेको पनि बताए।

काठमाण्डौको बुद्धनगरमा बुधवार आयोजित आफू निकट युवा सङ्घ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन समारोहलाई सम्वोधन गर्दै उनले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न र विसर्जनको ठाउँमा पु¥याउन नदिने प्रतिवद्धता जनाए। 

‘हामी आन्दोलनलाई नयाँ उचाइमा नयाँ शिराबाट उठाउन चाहन्छौँ । कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन दिने छैनौँ, कम्युनिस्ट आन्दोलनलाई धाराशायी हुन दिने छैनौँ, कम्युनिस्ट आन्दोलनलाई विसर्जनको ठाउँमा पु¥याउन दिने छैनौँ, यो हाम्रो सङ्कल्प हो’ उनले भने–‘चैत ४ र ५ गते साढे चार हजार देखि पाँच हजार जनासम्मको उपस्थितिमा भएको भेलाले कम्युनिस्ट आन्दोलनलाई सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरेर क्रान्तिकारी स्वरूप दिने र हामी आमनागरिकको आकर्षणको केन्द्र बनाएर नागरिकको यो धरोहरलाई, आस्थाको पुञ्जलाई सँधैभरि जीवन्त गराउने पक्षमा घोषणा गरेको छ ।’

त्यसका लागि देशैभरका नेकपा एमालेका योद्धाहरू पार्टीको एकता, कम्युनिस्ट आन्दोलनको रक्षा र सबै खालका विकृति विसङ्गतिबाट मुक्त गरी क्रान्तिकारी स्वरूप दिने पक्षमा लाग्नु पर्ने पनि उनको भनाई छ ।

विशेष