चीन पाकिस्तान आर्थिक सहकार्य (सिपीईसि) परियोजनामा कडा सुरक्षा तैनाथ
इस्लामावाद । पाकिस्तानको बलोचिस्तान स्थित चीन पाकिस्तान आर्थिक सहकार्य (सिपीईसि) परियोजना मा सुरक्षा तैनाथ बढाइएको छ ।
सिपीईसि परियोजनामा विभिन्न आक्रमण भएका कारण सुरक्षा सतर्कता बढाएको पाकिस्तान सेनाले विज्ञप्तीमा जनाएको छ । यो परियोजनाले बलोचिस्तानको स्रोतसाधन प्रयोग गरी अन्य क्षेत्रका मानिसलाई लाभान्वित बनाउने भन्दै स्थानीयहरुले चीनीयाँ परियोजना सिपीईसि को बिरोध गर्दै आएका छन् । आर्थिक परियोजना बिरुद्ध बलोचिस्तानका पृथकतावादीहरुले बिरोध तथा आक्रमण गर्दै आएका छन् । बलोचिस्तानस्थित आर्थिक परियोजनामा कडा सुरक्षा तैनाथ गरेको तथा अर्धसैनिक सुरक्षा पनि बढाईएको छ । आर्थिक परियोजनाको कार्य सहज रुपले अघि बढाउन कडा सुरक्षा तैनाथ गरिएको सेनाले बताएको छ । प्राकृतिक स्रोत साधनले धनी मानीएको बलोचिस्तान विकास र समृद्धिमा पछाडी परेको छ । सरकारले भने बलोचिस्तानमा अपहरण, हिंसा तथा विभिन्न अपराधजन्य गतिबिधिका कारण विकासमा बाधा पुगेको बताउँदै आएको छ । सन् २०१५ मा चीनले ४६ अर्ब अमेरिकी डलर बराबरको यो परियोजना पाकिस्तानमा ल्याएको हो । बलोचिस्तानस्थित ग्वादर बन्दरगाहमार्फत मध्यपुर्वी मुलुकहरुसँग सम्पर्क बिस्तार गर्न चीनको रणनीतिको यो परियोजना बाट बलोचिस्तानमा समस्या उत्पन्न गरेको छ । स्रोत टाईम्स अफ ईन्डीया