News समाज

वार्षिक पुन्य तिथीमा विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग

वार्षिक पुन्य तिथीमा विद्यार्थीलाई शैक्षिक सामग्रीसहितको ब्याग

उदयपुरको बेलका नगरपालिका –५ शिखरमाडी निवासी पशुपतिनाथ सुवेदीले आफनी स्वर्गिय पत्नि कमलाको १२औं वार्षिक पुन्य तिथीको अवसर पारेर स्थानीय एक विद्यालयका वालवालिकालाई शैक्षिक सामग्रीसहितको स्कुल ब्याग वितरण गरेका छन् ।

सुवेदीले श्री बालकल्याण आधारभुत विद्यालयका १ सय २२ जना विद्यार्थीलाई शैक्षिक सामाग्री तथा स्कुल ब्याग वितरण गरेका हुन् । यसैगरी, विद्यालयमा विभिन्न प्रतियोगिता सञ्चालन गरी प्रथम, द्वितिय र त्रितिय हुनेलाई पुरस्कृत समेत गरिएको छ ।

ब्याग वितरण तथा प्रतियोगिता सञ्चालनका क्रममा वडाध्यक्ष, वुद्धिजीवी, शिक्षक तथा अभिभावकहरुको पनि उपस्थिती थियो ।

कार्यक्रमका क्रममा बेलका – ५ का वडाध्यक्ष गोविन्दकुमार खड्काले अक्षयकोष खडा गरेर यस्ता कार्यक्रम सँधै गर्न सके अझ राम्रो हुने सुझाब दिए। सो कार्यक्रममा पुर्णकला बन्जरा, विद्यालय ब्यवस्थापन समितिका पुर्व अध्यक्ष दीपकराज रेग्मीलगायतले पनि सुवेदीले गरेको कामको सराहना गरे।
 
वार्षिक शैक्षिक सामग्री

विशेष