News

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

भारतीय सहयोगमा निर्मित विद्यालय भवन उद्घाटन

चितवनको खैरेनीमा निर्मित आधारभुत विद्यालय सुल्तानाको नयाँ भवन वुधवार उद्घाटन गरिएको छ । भारत सरकारको नेरू १८ दशमलव ६६ मिलियन आर्थिक सहयोगमा निर्मित विद्यालय भवन महावाणिज्यदूत नितेश कुमार तथा स्थानीय जनप्रतिनिधिहरुले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तरगत १२ कक्षा कोठा र सरसफाई सुविधा भएको दूई तले विद्यालय भवन निमार्ण गरिएको छ । 

यो विद्यालय सन् १९७३ मा चितवनको सुल्तानामा स्थापना भएको थियो । तर, सन् २००४ को बाढीमा विद्यालय पुर्णरूपमा ध्वस्त भएको थियो । 
 

विशेष