News राजनीति

सरकारको कारण होईन, सभामुखका कारण संसद् प्रभावकारी भएनः मन्त्री ज्ञवाली

सरकारको कारण होईन, सभामुखका कारण संसद् प्रभावकारी भएनः मन्त्री ज्ञवाली

परराष्ट्र मन्त्री एवम् सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले संसद वैठक प्रभावकारी वनाउन सभामुखले नेतृत्वदायी भुमिका नखेलेको आरोप लगाएका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ज्ञवालीले सरकारको कारण संसद् प्रभावकारी नभएको नभइ सभामुखको भुमिका नेतृत्वदायी नभएकालेले संसद् बैठक प्रभावकारी नभएको बताए। संसद्लाई सही ढङ्गले अगाडि वढाउन सभामुखको नेतृत्वदायी भूमिका हुनुपर्ने उनले वताए । 

वैठक प्रभावकारी नहुनुमा प्रतिपक्षी दललगायत संसद् पुनस्र्थापनाको पक्षमा लागेका दलको पनि भुमिका उत्तिकै रहेको उनको भनाई छ । सरकार संसद्लाई बिजनेस दिन तयार रहेको पनि उनले जानकारी दिए ।

‘विधेयकहरू पहिलो बैठकमा प्रस्तुत गर्न नपाएपछि संविधानअनुसार पनि फेरि प्रस्तुत गर्न केही कठिनाइ परे । सरकार बिजनेस दिन तयार छ । सरकारका कारणले संसद् प्रभावकारी नभएको, संसद् बैठक प्रभावकारी नभएको होइन । प्रतिपक्षी दललगायत संसद् पुनर्स्थापनाको पक्षमा लाग्नुभएकाहरू आफैँ अलमलिनुभएको छ संसद् प्रभावकारी नहुनका लागि’ उनले भने–‘सदनलाई सही ढङ्गले अगाडि लैजाने कुरामा नेतृत्वदायी भूमिका हुनप¥यो सभामुखको । सबै राजनीतिक दलसँग समझदारी हुनुप¥यो । सरकारसँग समन्वय गर्नुप¥यो । भोलि सरकारले प्रस्तुत गरेका अध्यादेशहरू, अरू बिजनेसहरू अवरोध हुँदैन भन्ने ग्यारेन्टी के ?’
 

विशेष