News राजनीति

गगन थापा भन्छन्– सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ

गगन थापा भन्छन्– सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले देशलाई अनिर्णयको अवस्थामा राख्ने अधिकार कसैसँग नभएको बताएका छन् ।

वुधवारको संसद वैठकपछि पत्रकारसँग कुरा गर्दै उनले अबको एक हप्ता भित्र सबै विषय टुङ्गिनुपर्ने वताए । ‘हामीले पनि लामो समयसम्म संसद र देशलाई अलमलमा राख्नुहुन्न। माओवादी केन्द्रले पनि समर्थन फिर्ता लिने÷नलिने तत्काल निर्णय गर्नुपर्छ । जसपाले पनि प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने भए गर्ने भनोस्’– उनले भने।

नेकपा दुईटा पार्टी भएपछि नेपाली कांग्रेसलाई पनि सरकार वनाउने उत्तिकै अधिकार भएको वताएका उनले भने–‘हामीले पनि माओवादी र जसपासँग निर्णायक वार्ता गरेर समर्थन लिन सक्छौँ, हामीले समर्थन लिएर सरकार बनाउने भनौँ । अब सरकार चलाउने इच्छा छैन भने छैन भनेर भनौँ ।’

संसद्लाई किंकर्तव्यविमूढ जस्तो अवस्थामा राख्न नहुने उनको भनाई छ । ‘यो देशप्रतिको घात हो । हामी सबै मिलेर गरिरहेका छौँ–अहिले’ उनले थपे–‘अनिर्णयको अवस्थामा राख्ने अधिकार हामी कोहीसँग पनि छैन । अब ढिलोमा एक हप्ताभित्रमा यो सबै कुरा हामीले टुङ्ग्याउनुपर्छ ।’

विशेष