प्रतिनिधिसभाको बैठक आज बस्दै

प्रतिनिधिसभाको बैठक आज बस्दै


काठमाडौं
संघीय संसद अन्र्तगत प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेका बस्दै छ । संघीय संसद सचिवालयले निकालेको सम्भावित कार्यसूचीमा दुई पूर्व सांसदको निधनमाथि शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।  गत चैत १३ गते निधन भएका पूर्व सांसद नेपाली काँग्रेस नेता नविन्द्रराज जोशी र चैत १६ गते निधन भएकी पूर्व सांसद एवं काँग्रेस नेतृ लक्ष्मीदेवी भण्डारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।  साथै विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले आफ्नो समितिको वार्षिक प्रतिवेदन बुझाउने कार्यसूची तय गरिएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको १ महिना समय बितिसक्दा पनि सदनको कामकारवाही नियमित लयमा फर्कन सकेको छैन । 

काठमाडौं प्रतिनिधिभा

संम्बधित खबर

विशेष